काठमाडौं महानगरपालिकाले कोटेश्वर क्षेत्रमा रहेका अवैध संरचना हटाउन सुरु गरेको छ । आइतबार साँझ महानगरको टोली नै पुगेर फुटपाथ मिचेर राखेको होर्डिङ बोर्ड, होटल, टहरा लगायतका संरचना डोजरको प्रयोग गरेर हटाइएको हो ।
मेयर बालेन शाहको नेतृत्वमा महानगरले मापदण्डविपरीत राखिएका फुटपाथ तथा टिकट काउन्टरका होर्डिङ बोर्ड हटाउँदै आएको छ । यसअघि काठमाडौमा पार्किङको समस्या देखिएको भन्दै नयाँबानेश्वर, शंखमुल, सुन्धरा, न्युरोड, दरवारमार्ग र बबरहमल क्षेत्रका अनधिकृत संरचना डोजरको नै प्रयोग गरेर भत्काइसकेको छ ।
साथै महानगरले सवारी दुर्घटना बढेको भन्दै त्रिपुरेश्वमा राखिएको डिजिटल होर्डिङ बोर्ड पनि हटाएको छ ।
प्रतिक्रिया