जावलाखेलमा पुष्प मेलाः पाइन्छन् थरीथरीका फूल [फोटोफिचर]

जावलाखेलमा पुष्प मेलाः पाइन्छन् थरीथरीका फूल [फोटोफिचर]

केन्द्रबिन्दु
0
Shares

‘रोपेर फूल गोदावरी, सजाऔँ घरआगँन वरिपरि’ भन्ने मूल नाराका साथ १५औँ गोदावरी फूलकाे प्रतियोगितात्मक प्रदर्शनी २०७९ सुरू भएको छ ।

ललितपुरको जावलाखेलस्थित खेल मैदानमा बिहीबारदेखि पुष्प मेला सुरु भएको हाे। फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) को आयोजनामा भएको मेलामा फूलको प्रतियोगिता, प्रदर्शनीसहित फूल पनि बिक्री गरिनेछ । मेलामा व्यावसायिक स्टलसहित ५५ वटा प्रदर्शनी कक्ष छन् ।

पछिल्लो समय व्यावसायिक रूपमा फूल खेती गर्नेको सङ्ख्या पनि बढेको छ । नेपालमा नै पुष्प व्यवसायको व्यवसायीक उत्पादन बढ्दै गएकाले चाडपर्वमा आवश्यक फूल विदेशबाट आयात गर्न नपर्ने अवस्थामा पुगेको छ । फ्लोरिकल्चर एशोसिएशन नेपालले यो वर्षको तिहारमा करिव साढे २४ लाख फूलका माला खपत हुने बताएको छ ।  

तस्विरहरू-

 

Logo