अपराधी पत्ता लगाउने ‘फौजी कुकुर’को कलाकौशल [फोटोफिचर]

अपराधी पत्ता लगाउने ‘फौजी कुकुर’को कलाकौशल [फोटोफिचर]

केन्द्रबिन्दु
0
Shares

दिपावली अर्थात् उज्यालोले भरिएको खुशियालीयूक्त तिहार, एउटा विशेष उर्जासहितको उमङ्गमय चाड । आज यमपञ्चकको दोश्रो दिन 'कुकुर तिहार' । हिजोको दिन कागको पूजा गरियो र मानव सभ्यताको हरेक प्राचिन खोजहरूमा मानव समाजसंग कहिल्यै टाढा नभएको एउटा बफादार र शाहसी जीवको रूपमा परिचित छ आज कुकुरमा समर्पित दिन अर्थात् कुकुरलाई पूजिने दिन ।

वैदिक सनातन धर्ममा कुकुरलाई विशेष महत्व दिएर हेरिन्छ । कुकुर मानव सभ्यता देखि नै मानवसंग अत्यन्त नजिक बफादार जीवमा रहेको छ । यही क्रममा आज अपराधी पत्ता लगाउन प्रयोग गरिने ‘फौजी कुकुर’को पनि पूजा गरिएको छ ।

नेपाल प्रहरीको महाराजगञ्जस्थित केनाइन महाशाखाले अपराधी पत्ता लगाउने कुकुरको पूजाआराधना गर्दै विभिन्न कलाकौशल प्रस्तुत गर्न लगाएर कुकुर तिहार मनाएको छ । महाशाखाले दिएको तालिमका आधारमा कुकुरले अपराधी पत्ता लगाउने गर्दछ । महाशाखाका अनुसार हाल ९३ वटा तालिमप्राप्त कुकुर छन् । 

तस्बिरहरू-

 

 

 

 

 

 

 

 

 

Logo