भैरहवामा सूर्यको उपासना गरी मनाइयो छठ [फोटोफिचर]

भैरहवामा सूर्यको उपासना गरी मनाइयो छठ [फोटोफिचर]

केन्द्रबिन्दु
0
Shares

मूलतः तराईवासी र मैथिल समाजले मनाउने विशेष चाडको रूपमा रहेको छठ पर्व भैरहवामा पनि धूमधामका साथ मनाइएकाे छ । दिनानुदिन छठमाई प्रतिको आस्था बढ्दै गएकाले अहिले हिन्दुमात्र नभई केही अन्य धर्मावलम्बीले पनि मनाउने गरेका छन् ।

सूर्यको उपासना गरी मनाइने छठ पर्व भैरहवा तथा आसपासका बासिन्दाले विगत पाँच दशक पहिलैदेखि नेपाली सेनाको काली भक्ति गणमा अवस्थित छठमाई पोखरीमा सामूहिक रूपमा मनाउँदै आएता पनि हाल केही वर्षदेखि गल्लामण्डीमा बनाइएको छठ पोखरीमा पनि मनाइँदै आएको छ ।

भैरहवामा पनि हनुमान मन्दिर र काली भक्ति गण (आर्मी क्याम्प)मा छठको पूजा गरिएको छ । जलाशयमा गई अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिँदै आज पूजापाठ गरिएको छ । भोलि सोमबार बिहान पुनः सोही जलाशयमा गई अर्घ दिँदै छठको समापन हुन्छ । 

भक्तजनको सुविधाका लागि पोखरी सफा गरी सजावट भएको छ । सुरक्षा र प्राथमिक उपचारको पनि व्यवस्था गरिएको छठ पूजन समिति सिद्धार्थनगरका संयोजक आनन्दप्रसाद गुप्ताले बताए । 
 
यस वर्ष काली भक्ति छठ पोखरीमा २ हजार बढी बेदी बनाएका थिए । राजमानकी मन्दिरको पोखरीमा पनि करिब ५ सय बढीले वेदी मण्डप बनाइ पूजा गरेको छठ पूजा समिति हनुमान मन्दिरका अध्यक्ष नरेन्द्र प्रसाद रौनियारले जानकारी दिए । भैरहवास्थित दुवै छठ स्थलमा गृहमन्त्री बालकृष्ण खाँण पुगेर कार्यक्रमको उद्घाटन गरेका थिए । उनले छठ पोखरीमा पूजा अर्चनासमेत गरेका थिए ।

तस्विरहरु-

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

 

Logo