नेपाल-भारत संयुक्त सैनिक अभ्यास सम्पन्‍न [तस्विरहरु]

नेपाल-भारत संयुक्त सैनिक अभ्यास सम्पन्‍न [तस्विरहरु]

केन्द्रबिन्दु
0
Shares

रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा यही पुस १ देखि सञ्चालन भएको ‘नेपाल–इण्डिया ब्याटेलेशन लेभल ज्वाइन्ट ट्रेनिङ एक्सरसाइज’ सम्पन्न भएको छ ।

उक्त अभ्यास आज बलाधिकृत रथी सरोजप्रताप राणाले समापन गरेकाे सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । अभ्यासमा विपद् व्यवस्थापनको समयमा गरिने खोज तथा उद्धार र स्वास्थ्य उपचारलगायत प्रतिविद्रोह तथा प्रतिआतङ्कवाद जस्ता विषय समावेश गरी सञ्चालन भएको थियो । 

May be an image of 2 people and people standingउक्त अभ्यासमा नेपाली सेनाबाट प्रमुख सेनानी विमलकुमार वाग्ले र भारतीय सेनाबाट प्रमुख सेनानी हिमांशु बाहुगुनाको नेतृत्वमा दुवै देशका ३३४/३३४ सकलदर्जा सहभागी भएका थिए । 

May be an image of 6 people, people standing and outdoorsसमापन समारोहमा बलाधिकृत रथी राणाले अभ्यास सफलतापूर्वक सम्पन्न गरेकामा सहभागी सैनिकलाई बधाई दिँदै तालिमप्रति देखाएको समर्पण, उत्सुकता र कडा परिश्रमले भविष्यमा आइपर्ने जस्तोसुकै चुनौतीलाई प्रभावकारी ढङ्गले समाधान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । साथै, उनले सहभागी दुवै देशका सैनिकलाई प्रमाणपत्र समेत प्रदान गरेका थिए । 

May be an image of 6 people, military uniform and outdoorsसमापन कार्यक्रममा सैनिक तालिम महानिर्देशक उपरथी बाबुराम श्रेष्ठ, मध्यपश्चिम पृतनाका पृतनापति उपरथी यामप्रसाद ढकाल नं.३ बाहिनीपति एंव संयुक्त अभ्यासका अभ्यास निर्देशक सहायक रथी प्रेमबहादुर पुन, नं २२ बाहिनीपति सहायक रथी नवराज गुरुङ, नेपालका लागि भारतीय सैनिक सहचारी प्रमुख सेनानी अमित शर्मा, रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी तथा रुपन्देही जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

May be an image of 3 people, people standing and outdoorsसंयुक्त सैनिक अभ्यासले दुई देशबीच कायम रहेको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढीप्रगाढ बनाउनुका साथै दुवै देशको सेनाका सकलदर्जामा आधारभूत सैनिक सिपको विकास हुनुको साथै आपसी समझदारीमा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ ।

May be an image of 6 people, military uniform and outdoors

May be an image of 6 people, people standing, military uniform and outdoors

May be an image of 4 people and outdoors

May be an image of 9 people, people standing and outdoorsMay be an image of 8 people, military uniform and outdoors

 

Logo