सेना दिवसको अवसरमा दौड प्रतियोगिता सम्पन्न [फोटोफिचर]

सेना दिवसको अवसरमा दौड प्रतियोगिता सम्पन्न [फोटोफिचर]

केन्द्रबिन्दु
0
Shares

सेना दिवसका अवसरमा नेपाली सेनाद्धारा आयोजित ‘कोउस ओपन म्याराथुन तथा रन फर फन २०७०’ सम्पन्न भएको छ।

सैनिक मुख्यालय जङ्गी अड्डास्थित खेल मैदानबाट शुरु भएको उक्त प्रतियोगिताको प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरेका हुन् । सो खेल २०७२ साल देखि स्थापना दिवसका अवसरमा आयोजना गरिँदै आएको छ ।

प्रतियोगिताअन्तर्गत ४२ किमी दूरीको म्याराथन जङ्गी अड्डाबाट सुरु भई त्रिपुरेश्वर, माइतीघर, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायक, भक्तपुर,  पेप्सीकोला,गौशला, चाबहिल, महाराजगञ्ज, पानीपोखरी, नागपोखरी, भद्रकाली हुँदै सैनिक मुख्यालय पुगेर समापन भएको थियो ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु तीन लाख, दुई लाख र एक लाख नगद प्रदान गरिएको छ । प्रतियोगितामा तीन सय धावक सहभागी थिए । 

तस्विरः नेपाली सेना

Logo