भारतीय अभिनेता सतीश कौशिकको निधन

भारतीय अभिनेता सतीश कौशिकको निधन

केन्द्रबिन्दु
0
Shares

भारतीय अभिनेता सतीश कौशिकको निधन भएको छ ।

बुधवार ६६ वर्षको उमेरमा उनको निधन भएको अभिनेता अनुपम खेरले ट्वीटमार्फत जानकारी दिएका हुन् ।  हृदयाघातका कारण उनको निधन भएको बताइएको छ । उनको शव अहिले गुरुग्रामको फोर्टिस अस्पतालमा रहेको छ । पोस्टमार्टमपछि शव मुम्बई लगिने बताइएको छ ।

सन् १९६५ अप्रिल १३ मा हरियाणामा जन्मेका कौशिक अभिनय, व्यंग्य, पटकथा लेखन, निर्देशन र फिल्म निर्माणमा समेत चर्चित थिए ।

Logo