पर्यटन प्रवर्द्धनका लागि सरकारको तर्फबाट जोडिन पाए राम्रो हुन्थ्योः हरि बुढा मगर

पर्यटन प्रवर्द्धनका लागि सरकारको तर्फबाट जोडिन पाए राम्रो हुन्थ्योः हरि बुढा मगर

केन्द्रबिन्दु
0
Shares

पूर्व गोरखा सैनिक हरि बुढा मगरले पर्यटन प्रवद्र्धनका लागि सरकासँग जोडिन पाए धेरै भन्दा धेरै विदेशी पर्यटकहरुलाई नेपाल भित्र्याउने बताएका छन् । 

मगरले आफूसँग धेरै विदेशीहरु जोडिएकाले उनीहरुलाई नेपालमा ल्याउनका लागि सरकारसँग जोडिनसके सहज हुने बताएका हुन् । शारीरिक अशक्त रहेका उनी बुधवार काठमाडौंबाट सगरमाथा आरोहणका लागि सगरमाथा क्याम्पतिर प्रस्थान गर्दैछन् । 

उनले सगरमाथा आरोहण आफैँमा चुनौतिको विषय भएको बताउँदै आफूले सफल आरोहाण गर्ने विश्वास व्यक्त गरे । आफ्नो परिचय नेपालमा भन्दा पनि बाहिर धेरै रहेको उनले बताए ।

उनले सरकारसँग जोडिएर काम गर्नसकेन पर्यटकहरुको वृद्धि गर्न आफूले सकारात्मक भुमिका खेल्ने बताए। उनले सरकारले आफ्नो क्याम्पेनसँग सरकारले हातेमालो गरे नेपालमा विदेशी पर्यटक ल्याउन सहयोग पुग्ने बताए। 

उनले सगरमाथा आरोहणका क्रममा सरकारसँग अन्य कुनै अपेक्षा नरहेको तर आफूलाई कुनै व्यवधान सिर्जना नगरिदिन सरकारसँग आग्रह गरेका हुन्। 

पूर्व गोरखा सैनिक मगरका दुवै खुट्टा छैनन् । उनी कृतिम (प्रोस्थेटिक) खुट्टाको सहायतामा सगरमाथा आरोहण गर्न लागेका हुन् । कृतिम खुट्टाको सहायतामा सगरमाथाको आधारशिविर पुगेर ’स्काइड्राइभिङ’ गर्ने पहिलो व्यक्ति समेत हुन् । उनले आफ्नो काममा अहिले १६ जना नेपालीहरुलाई रोजगारीको अवसर दिएकोमा गर्व लागेको बताए । 
 
सन् २०१० मा अफगानिस्तानको लडाईंमा उनले दुवै खुट्टा गुमाएका थिए । घुँडाभन्दा तल दुवै खुट्टा गुमाउने र कृतिम खुट्टाको सहारामा सगरमाथा आधार शिविरसम्म पदयात्रा गर्ने बुढामगर पहिलो व्यक्ति हुन् । बुढामगरले मोन्ट ब्लाङ्क (४,८१० मिटर), चुलु सुदूरपूर्व (६,०५९ मिटर), किलिमन्जारो (५,८९५ मिटर), र मेरा पिक (६,४७६ मिटर) आरोहण गरेका छन् । 

उनले २०१७ मा मेरा चुचुरो आरोहण गर्नुभएको थियो र ६,००० मिटरभन्दा अग्लो हिमाल आरोहण गर्ने पहिलो घुँडा माथि (दुवै अंगविच्छेदन) डबल एम्प्यूटी गर्ने बने । उनको जन्म रोल्पा जिल्लाको मिरूल गाउँमा सन १९७९ मा भएको हो । यसअघि पनि उनी सगरमाथाको आधारशिविरसम्म पुगिसकेका छन् । 

Logo