होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबियाविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयाे (तस्विरमा)

होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबियाविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयाे (तस्विरमा)

केन्द्रबिन्दु
0
Shares

विश्वभर बुधबार होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबियाविरुद्धको अन्तर्राष्ट्रिय दिवस-२०२३ मनाइँदै छ । काठमाडौँमा मितिनी नेपालले पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाएको छ। 

‘सधैँ सँगै: विविधतामा एकता’ भन्ने विश्वव्यापी नाराका साथ बुधबार मितिनी नेपालले होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तराष्ट्रिय दिवस २०२३ मनाएको हो। 

विश्व स्वास्थ्य संगठनले १७ मे १९९० मा समलैंगिकतालाई मानसिक रोगको सूचीबाट हटाई समलैंगिकता हुनु प्राकृतिक प्रक्रिया हो भनी घोषणा गरिएको दिनको स्मरण गर्दै हरेक वर्ष १७ मेमा यो दिवस विश्वव्यापी रुपमा यौनिक तथा लैंगिक विविधता भएको समुदायले मनाउने गर्दछन्।

Logo