विद्यालयका कर्मचारीको संघर्षः रिले अनशनदेखि प्रदर्शनसम्म [फोटोफिचर]

विद्यालयका कर्मचारीको संघर्षः रिले अनशनदेखि प्रदर्शनसम्म [फोटोफिचर]

केन्द्रबिन्दु
0
Shares

विभिन्न माग राखेर रिले अनशन थालेका सामुदायिक विद्यालय कर्मचारीहरूले आज पनि प्रदर्शन जारी राखेका छन् । 

गत सोमबारबाट रिले अनसन सुरु गरेका उनीहरुले बिहीबार पनि प्रदर्शनलाई जारी राखेका हुन् । प्रदर्शनमा उत्रिएका केहीलाई प्रहरीले नियन्त्रणमा समेत लिएकाे छ । विद्यालयका कर्मचारीको न्यूनतम पारिश्रमिकको माग गर्दै नेपाल विद्यालय कर्मचारी परिषद् संघर्ष समितिको अगुवाइमा उनीहरुले काठमाडौं केन्द्रित संघर्ष गरेका छन् । 

गत सोमबारबाट काठमाडौँको भद्रकालीमा उनीहरुले रिले अनसन सुरु गरेका हुन् ।

विद्यालयका कर्मचारीहरूले शिक्षा क्षेत्रको समस्या समाधानका लागि संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, न्यूनतम पारिश्रमिकका साथै शिक्षकहरुको सेवा सुविधा बढाउनुपर्ने माग राखेका छन् ।

Logo