प्रहरीको सुरक्षाबीच बन्चरे डाँडा लगियो फोहाेर…[तस्बिरहरू]

प्रहरीको सुरक्षाबीच बन्चरे डाँडा लगियो फोहाेर…[तस्बिरहरू]

केन्द्रबिन्दु
0
Shares

केही दिनदेखि अवरुद्ध काठमाडौंको फोहोर बन्चरे डाडाँ लगिएको छ। साउन १ देखि स्थानीयको अवरोधका कारण बन्चरे डाडाँ लैजान रोकिएको फोहोर प्रहरीको सहयोगमा लगिएको हो। फोहोर लैजादै गर्दा स्थानीयले अवरोध भने कायमै राखेका थिए।

यसअघिको सम्झौता अक्षरशः कार्यान्वयन नभएको र फोहोरसँगै बस्न नसकिने भन्दै साउन १ गतेदेखि स्थानीयवासी आन्दोलित छन्। जसका कारण काठमाडौंको फोहोर बञ्चरेडाँडामा विसर्जन हुन सकेको छैन। काठमाडौंका मैतीदेवी, रातोपुल, न्यूरोडलगायत क्षेत्रमा फोहोर थुप्रिएको छ। 

 

Logo