आन्दोलनको तेस्रो दिनः प्रदर्शनसँगै शिक्षकहरु नाचगानमा मस्त, सर्वसाधारणलाई सास्ती

आन्दोलनको तेस्रो दिनः प्रदर्शनसँगै शिक्षकहरु नाचगानमा मस्त, सर्वसाधारणलाई सास्ती

केन्द्रबिन्दु
0
Shares

प्रस्तावित शिक्षा विधेयकविरूद्ध आज पनि शिक्षकहरूले आन्दोलन गरेका छन्। शिक्षकहरूले आज तेस्राे दिन पनि माइतीघर–बानेश्वरको मूल सडक ढाकेर आन्दोलन गरिरहेका छन्।

सडक आन्दोलनकै क्रममा शिक्षकहरुले शुक्रबार नाचगान गरेर रमाइलो पनि गरेका छन् । 

तर, आन्दोलनका कारण काठमाडौँको मुख्य सडकहरू अस्तव्यस्त भएको छ। ट्राफिक प्रहरीले माइतीघर र बानेश्वर भएर सवारी चलाउने यातायातलाई डाइभर्सन गरेका कारण मूल सडकबाहेक सहायक सडकहरूमा समेत सवारी जाम बढेको छ। जामका कारण छिनमै पुग्ने ठाउँ पुग्न पनि घण्टौँ पर्खनुपर्ने अवस्था छ । जसका कारण यात्रुलाई सास्ती भएको छ ।

आन्दोलनरत विद्यालय शिक्षक र सरकारबीच छलफल भए पनि कुनै ठोस सहमति भने भएको छैन। कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता आजै टुङ्गोमा पुर्‍याउने गरी सरकारी वार्ता टोलीलाई सुझाव तथा निर्देशन दिएका छन् ।

शिक्षकहरुले स्थानीय तह मातहत बस्न अस्वीकार गर्दै पेशागत हकहित, सुरक्षा र सम्मानका माग अघि सारेका छन् । आन्दोलनकै कारण देशभरका सामुदायिक विद्यालय बन्द भएका छन् । 

 

Logo