इन्द्रजात्रा हेर्न बसन्तपुर पुगे मेयर बालेन [तस्विरमा]

इन्द्रजात्रा हेर्न बसन्तपुर पुगे मेयर बालेन [तस्विरमा]

केन्द्रबिन्दु
0
Shares

वसन्तपुर आज इन्द्रजात्रा हेर्ने दर्शकले भरिएको छ । यहाँ मानिसहरूको खचाखच उपस्थिती छ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा मनाइँदैछ ।

जात्रा हेर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ,  गरिबी निवारण तथा सहकारीमन्त्री रन्जिता श्रेष्ठ, पर्यटनमन्त्री सुदन किराती, काठमाडौं महानगरपालिकाका मेयर बालेन साह लगायत उच्च अधिकारी हनुमानढोका पुगिसकेका छन् ।

इन्द्रजात्रा अवलोकन गर्न विदेशी पर्यटकहरु पनि वशन्तपुर पुगेका छन् । केही बेरमा कुमारीको रथारोहन हुनेछ । हनुमानढोकास्थित गद्दी बैठकबाट राष्ट्रपति रामचन्द्र पौडेलले कुमारी लगायतको रथको अवलोकन गर्ने कार्यक्रम रहेको छ । (फोटो फिचर)

 

Logo