तस्विरमा हेराैं, इन्द्रजात्राः जीवित देवी कुमारीको रथयात्रा

तस्विरमा हेराैं, इन्द्रजात्राः जीवित देवी कुमारीको रथयात्रा

केन्द्रबिन्दु
0
Shares

इन्द्रजात्रा पर्वअन्तर्गत आज जीवित देवीकुमारीको रथारोहन गरिएको छ । काठमाडौँको तल्लो र माथिल्लो टोल घुम्नको लागि आजदेखि कुमारी, गणेश र भैरव रथमा सवार भएका हुन् । 

सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक पुगेर जात्रा अवलोकन गरेका थिए । उनले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई यात्रा गराउने अनुमति दिएका थिए । 

साथै जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायत मन्त्री, सांसद, प्रदेशसभा सदस्य, काठमाडौं महानगरका मेयर बालेन शाह, उपमेयर सुनिता डंगोल गद्दी बैठकसम्म गएका थिए । उनीहरुले गद्दी बैठकबाट श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा अवलोकन गरेका थिए।

इन्द्रजात्रा अवलोकन गर्न ठुलो भिड लागेको थियो । जात्रा हेर्न विदेशी पर्यटकहरु पनि बसन्तपुर पुगेका थिए । 

 

 

Logo