काठमाडौंमा सलले मुख थुनेर हत्याः तीन महिनादेखि खाटमुनि थियो शव

काठमाडौंमा सलले मुख थुनेर हत्याः तीन महिनादेखि खाटमुनि थियो शव

केन्द्रबिन्दु
0
Shares

डेरामा बसेकी एक महिलाको शव हत्याको तीन महिनापछि सडेगलेको अवस्थामा फेला परेको छ । काठमाडौं महानगरपालिका–१५ शोभा भगवतीमा तनहुँको भिमादकी ५१ वर्षीया सफिना मियाँको शव फेला परेको हो ।

घटनाको अनुसन्धानमा खटिएको प्रहरीले हत्या आरोपितलाई पक्राउ गरेपछि आइतबार पत्रकार सम्मेलन गरेको छ । उपत्यका प्रहरी परिसर काठमाडौंका प्रमुख भूपेन्द्र खत्रीका अनुसार ताल्चा लगाएको कोठाभित्र सफिनाको शव विभत्स अवस्थामा फेला परेको बताए । उक्त कोठामा बस्दै आएका भारतको दरभंगा लालबागका इकरामुल अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ । मियाँको हत्यापछि भारततर्फ गएका उनी फर्केर आएको मौकामा पक्राउ परेका हुन् ।

एसएसपी खत्रीका अन्सारी र मियाँ नौ महिनादेखि लिभिङ टुगेदरमा बस्दै आएका थिए । बेला बेलामा झगडा हुन थालेपछि कात्तिक पहिलो साता अन्सारीले मदिरा सेवन गरि काठको आग्लोले मियाँलाई मरणासन्न हुनेगरि कुटेको र पछि उनकै सलले घाँटी थिचेर हत्या गरेका थिए । हत्यापछि शव खाटमुनि लुकाएका थिए । घटनापछि डेरा कोठाको ढोकामा ताला लगाइ चाबी फालेर बल्खु हुँदै सुमो चढेर वीरगंज गएका थिए । त्यहाँबाट रक्सौल, गुजरात, लखनउ हुँदै भारतका विभिन्न स्थानमा करिब २ महिना लुकीछिपी बसेका थिए ।

गत पुस दोस्रो साता पुनः काठमाडौं आएका अन्सारी प्रहरीले माघ ३ गते कालीमाटीबाट पक्राउ गरेको जनाएको छ । उनलाई पक्राउअघि सोही दिन घरधनीले खबर गरेपछि पुगेको प्रहरी टोलीले डेरामा शव भेटेको थियो । शव सनाखत भएपछि प्रहरीले इकरामुलको खोजी गरेको हो ।

Logo