नक्कली शैक्षिक प्रमाणपत्र लिएर सरकारी जागिर खाने एक चिकित्सक पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र लिएर सरकारी जागिर खाने एक चिकित्सक पक्राउ

केन्द्रबिन्दु
0
Shares

नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सरकारी जागिर खाएको आरोपमा प्रहरीले एक चिकित्सकलाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार धवलागिरि हिमाल पोलिक्लिनिक बसुन्धाराबाट नक्कली चिकित्सक ४० वर्षीय सम्बुद्ध भट्टाचार्यलाई नियन्त्रणमा लिएको हो।

चीनबाट एमबिबिएस गरेको र शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत रहेको बताउने उनले विदेश जाने व्यक्तिको मेडिकल रिपोर्टसमेत बनाउने गरेका थिए। उनले अहिलेसम्म ४० जना बिरामीलाई उपचार गराएको प्रारम्भिक बयान दिएका छन्।

Logo