बम्जनविरुद्ध जाहेरी दिने किशोरीका बुबाको दुर्घटनामा मृत्यु

बम्जनविरुद्ध जाहेरी दिने किशोरीका बुबाको दुर्घटनामा मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । कथित तपस्वी रामबहादुर बम्जनविरुद्ध जाहेरी दिने एक पीडितका बुबाको सवारी दुर्घटनामा मृत्यु भएको छ।मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका-९ कोरुङ खोलामा ट्याक्टरले ठक्कर दिँदा उनी गम्भीर घाइते भएकोमा उपचारका क्रममा मृत्यु भएको हो। 

प्रहरीले उनको पहिचान भने खुलाइसकेको छैन। प्रहरीका अनुसार डकाहाबाट भिमानतिर जाँदे गरेको प्र २-०४-००१ ट ००१० नम्बरको ट्याक्टरले दुई वटा मोटरसाइकललाई ठक्कर दिएको थियो। दुईमध्ये बा ५८ प ९१४१ नम्बरमा सवार किशोरीका बुबाको मृत्यु भएको छ भने अर्को मोटरसाइकल ना ११ प ५७५० मा सवार उपचारपछि डिस्चार्ज भएका छन्।

प्रहरीले चालक र ट्याक्टरलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार बम्जनको घटनासँग जोडेर पनि दुर्घटनाको अनुसन्धान हुनेछ। ५ वर्षदेखि फरार रहँदै आएका बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २५ पुसमा पक्राउ गरेको थियो । जिल्ला अदालत, सर्लाहीको आदेशपछि उनी पुर्पक्षका लागि थुनामा छन्। आफूलाई धर्मगुरुको रुपमा चिनाएर अनुयायीलाई बलात्कार र बेपत्ता पारेको आरोप उनीमाथि लागेको छ।

Logo