दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका–८ भोटेपुलमा हायस गाडीको ठक्करले एकजनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार गाडीको ठक्करले मोटरसाइकल चालक धरान उपमहानगरपालिका–१५ का ४६ वर्षीय शम्भु दर्जीको मृत्यु भएको हो।

इटहरीबाट धरान जाँदै गरेको ना १ ज ७१२१ नम्बरको हायस गाडीले मंगलबार साँझ को ६ प ५६०३ नम्बरको मोटरसाइकल र को ३२ प ८६६१ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

त्यस क्रममा सिकिस्त घाइते भएका मोटरसाइकल चालक दर्जीलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। त्यहीँ उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

स्कुटर चालक धरान–८ का ४४ वर्षीय सुरज गजमेर सामान्य घाइते भएका छन्। हायसका चालक सप्तरीको सुरुङ्गा–८ का २८ वर्षीय तेजनारायण सदालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Logo