भ्रष्टाचार मुद्दामा सुनिल पौडेल र विकल पौडेल अख्तियारकाे नियन्त्रणमा

भ्रष्टाचार मुद्दामा सुनिल पौडेल र विकल पौडेल अख्तियारकाे नियन्त्रणमा

केन्द्रबिन्दु
0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई पक्राउ गरेको छ।

गैरकानूनी सम्पत्तिआर्जनको अनुसन्धानमा अख्तियारले दुवैजनालाई बुधबार उनीहरूको निवासबाटै पक्राउ गरेर हिरासतमा लिएको हो। बयानका लागि बोलाउँदा उपस्थित नभएपछि उनीहरुलाई पक्राउ गरिएकाे बताइएकाे छ ।

गत २०८० असोज १५ मा आयोगले सुनील पौडेलसहितका व्यक्तिविरुद्ध २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सार्वजनिक सम्पत्ति हिनामिना गरेको र कार्यालयका सवारीसाधनहरुको दुरुपयोग गरि सम्पत्ति विदेश पठाउने कार्यमा संलग्न रहेको पाइएकाले उनीहरुलाई पक्राउ गरिएको आयोगले जनाएको छ । बुधबार शान्तिनगर र मण्डिखाटारस्थित दुवैका घरमा छापा हानेको अख्तियारले कागजातसहित नियन्त्रणमा लिएको हो ।

Logo