राम मन्‍दिरको प्राण प्रतिष्ठा अवसरमा गीताप्रेस नेपालद्वारा पशुपतिनाथमा पनि दीपावली आयोजना

राम मन्‍दिरको प्राण प्रतिष्ठा अवसरमा गीताप्रेस नेपालद्वारा पशुपतिनाथमा पनि दीपावली आयोजना

केन्द्रबिन्दु
0
Shares

अयोध्यामा निर्माण भएको श्रीराम मन्‍दिरको प्राण प्रतिष्ठा धूमधामका साथ सपन्न भयो । सो अवसरमा भारतमा मात्र नभएर विश्वभरका समस्त सनातनीहरुले आ–आफ्ना क्षेत्रमा रहेका राम मन्दिर तथा देवालय, मठ मन्दिरहरु पुगी पूजा, पाठ, प्रसाद वितरणसहित दीपावली गरेर हर्ष उल्लासका साथ श्रीराम प्रभुका चरणकमलमा श्रद्धा भक्ति अर्पण गरेका छन् ।

यस अवसरमा विशषतः गीताप्रेस गोरखपुरको भारतमा रहेको सबै बिक्री केन्द्रहरुमा झैँ नेपालको डीपोमा पनि १२ बजेर २९ मिनेटमा हनुमान चालिसा पाठ एवं श्रीरामको आरती, प्रसाद वितरण दीपावली गरी मनाइएकाे छ । यस अवसरमा गीताप्रेस गोरखपुरमा अत्यन्त भव्य कार्यक्रम आयोजन गरिएको थियो ।

नेपालमा गीताप्रेसबाट प्रकाशित सत् साहित्यहरुको प्रचार प्रसार एवं विभिन्न उत्सवहरुमा प्रसादको रुपमा पुस्तकहरु वितरण गर्दै आइरहेको रजिष्ट्रर्ड संस्था गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालले यस पावन अवसरमा विभिन्न सामाजिक धार्मिक संस्थाहरुबाट भएका कार्यक्रमहरुमा र मठ मन्दिरहरुमा झण्डै दश हजार भन्दा बढी पुस्तक प्रसाद स्वरुप वितरण गरिएकाे छ । गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालको तर्फबाट यस विशेष उत्सवको अवसरमा हनुमान चालीसा सुन्दरकांड, रामायणका केही आदर्श पात्रहरु, प्रमुख आरतीयाँ, हनुमान बाहुक सहित कल्याण पत्रिकाको मासिक अंक प्रसाद स्वरुप वितरण गरिएको थियो ।

सोही अवसरमा पशुपतिनाथ मन्दिरमा आयोजित आरती कार्यक्रममा गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालका अध्यक्ष जय किसन सारडाले उपस्थित भक्तजनलाई पुस्तक वितरण गर्दै सो कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा विगत ९८ वर्ष देखि गीताप्रेसद्वारा प्रत्येक वर्षको जनवरी महिनामा कल्याण पत्रिकाको विशेषाङ्क सहित ११ महिनाको पत्रिका भारतकै वार्षिक सदस्यता शुल्कमा उपलब्ध गराउँदै आइरहको यस वर्ष भगवान् श्रीरामको पावन जन्मभूमि अयोध्यामा श्रीराम मन्दिर प्राण प्रतिष्ठा समारोहको अवसर पारी कल्याण २०२४ को विशेषाङ्कको रुपमा आनन्दमय रामायण प्रकाशित भएको जानकारी गराए । कल्याण २०२४ को सदस्य बनी विशेषाङ्कको रुपमा प्रकाशित आनन्दमय रामायण आफ्नो प्रति सुरक्षित गर्न एवं आफ्ना इष्टमित्र, छिमेकी, साथीभाइहरुलाई पनि जानकारी गराइदिन समेत अनुराेड्ढ गरे ।

गीताप्रेसबाट प्रकाशित सत् साहित्यहरु खरिद गरी वैवाहिक उत्सव, जन्मोत्सव, व्रतबन्ध, सप्ताह, धार्मिक अनुष्ठानहरुमा मायाको चिनोको रुपमा सप्रेम प्रदान गर्ने संस्कार पनि दिन दिनै बढ्दै गइरहेको छ ।

Logo