फोटोग्राफर राजिव श्रेष्ठलाई मातृशोक

फोटोग्राफर राजिव श्रेष्ठलाई मातृशोक

केन्द्रबिन्दु
0
Shares

काठमाडाैँ। प्रसिद्ध छायाचित्रकार राजिब श्रेष्ठलाई मातृशोक परेको छ। ३ दशक भन्दा ज्यादा समयदेखि छायाचित्रकार(फोटोग्राफर)का रुपमा स्थापित उनकी ममतामयी आमा कमला देवी श्रेष्ठको ८९ बर्षको उमेरमा निधन भएको छ। उनको निधन मेरिल्याण्ड राज्यको होलीक्रस अस्पतालमा बुधबार भएको हो।

हाल आमा अमेरिकाको मेरिल्याण्ड राज्यको जर्मनटाउनमा आफ्ना सुपुत्रहरुको साथमा बस्दै आएकी थिइन्। स्व.कमला देवी श्रेष्ठका ३ जना छोरा र १ छोरी नेपाल र अमेरिकामा रहेका छन्।

राजीव श्रेष्ठ तथा राजेश श्रेष्ठ २ जना छोराहरु अमेरिकामा छन् भने १ ठूलो दाजु र १ बहिनी नेपालमा रहेको श्रेष्ठले बताए। राजेश लाल श्रेष्ठ एयर जोन ट्राभल्सका सॅचालक तथा एनओए संस्थाका पदाधिकारी हुन।

Logo