विमानस्थलमै कुटिए अध्यागमन कार्यालय प्रमुख र अधिकृत

विमानस्थलमै कुटिए अध्यागमन कार्यालय प्रमुख र अधिकृत

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन कार्यालय प्रमुखसहित अध्यागमन अधिकृत प्रहरीबाटै कुटिएका छन् ।

शुक्रबार बिहान अध्यागमन अधिकृत छायाँलाल मोक्तान विमानस्थलको अराइभलबाट डिपार्चरमा जाँदा प्रहरीले चेकजाँच गरेको थियो । तर, मोक्तानले आफू अध्यागमन अधिकृत भएको र मेटल पनि नभएकाले किन चेकजाँच गरेको भनेर प्रश्न गरेपछि बढेको विवादमा प्रहरीले हातपात गरेको खुलेको हो ।

घटनापछि अध्यागमनका कर्मचारीले प्रमुख गोगनबहादुर हमाललाई त्यहाँ बोलाएर सीसीटीभी फुटेज हेरे । त्यसमा पनि ५ जनाको प्रहरीको हुल आएर मोक्तानमाथि सांघातिक आक्रमण भएको देखियो । त्यसपछि प्रमुख हमालले यत त प्रहरीको दादागिरी भयो भन्दा उनीमाथि पनि कुटपिट भएको हो । अहिले गृह मन्त्रालयले अनुसन्धान सुरु गरेको छ ।

Logo