रकम हिनामिना गर्ने सूर्यदर्शन सहकारीका थप दुई पदाधिकारीविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी

रकम हिनामिना गर्ने सूर्यदर्शन सहकारीका थप दुई पदाधिकारीविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । बचतकर्ताको रकम हिनामिना गर्ने सूर्यदर्शन सहकारीका थप दुई पदाधिकारीविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी भएको छ ।

बचतकर्ताको एक अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना प्रकरणमा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)को महासचिवालयले आइतबार सूर्यदर्शन सहकारीका वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भुपेन्द्र राईविरुद्ध डिफ्यूजन नोटिस जारी गरेको हो ।

इन्टरपोलको नेश्नल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंको अनुरोधमा इन्टरपोलको महासचिवालयले डिफ्यूजन नोटिस जारी गरेको हो । यो नोटिस जारी भएपछि इन्टरपोलका सदस्य राष्ट्र मुलुकहरुमा चलाउने भएको वा नभएको लोकेट हुनेछ, भएको खण्डमा प्रकाउ गरी नेपाल ल्याउने प्रक्रिया थालिने प्रहरीले जनाएको छ ।

यसअघि यही प्रकरणका अर्का आरोपी जीबी राईविरुद्ध डिफ्यूजन नोटिस जारी भएको थियो ।

Logo