आज यी प्रदेशमा हिमपातको सम्भावना, तराईमा हुस्सु र कुहिरो

आज यी प्रदेशमा हिमपातको सम्भावना, तराईमा हुस्सु र कुहिरो

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

आज देशका पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ।देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाको भनाई छ । साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन अनुरोध छ।

Logo