पाँचौ तलाको लिफ्टबाट खसेर इन्जिनियरको मृत्यु

पाँचौ तलाको लिफ्टबाट खसेर इन्जिनियरको मृत्यु

केन्द्रबिन्दु
0
Shares

पोखरा । निर्माणधीन घरमा तातोपानीको प्रणाली सर्भेका लागि गएका एक इन्जिनियरको मंगलबार लिफ्टबाट खसेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा न्युरोडमा कार्यालय रहेको मुक्ति इनर्जी प्रालिका इन्जिनियर पोखरा–८ रत्नचोक बस्ने ३७ वर्षीय प्रवीण भट्टराइ छन् । पोखरा–६ खहरेचोकमा निर्माणाधीन चिनिमाया भण्डारीको घरको पाँचौ तलाको लिफ्टबाट उनी मंगलबार दिउँसो खसेका हुन् ।

उनलाई उपचारार्थ गण्डकी मेडिकल कलेज पु-याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको चिकित्सकले घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Logo