जनकपुर । राजस्व छली गरेको आरोपमा प्रहरीले जनकपुरधामबाट दुईजना सुन व्यवसायीलाई पक्राउ गरेको छ ।
सुन व्यवसाय सञ्चालनका क्रममा राजस्व छल गरेको आरोप प्रहरीले बलराम ज्वेलर्सका सञ्चालक बलराम शाह र अरुण ज्वेलर्सका सञ्चालक अरुण शाह बुधबार पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले थप अनुसन्धानको लागि राजस्व कार्यलय पथलैया पठाएको जनाएको छ ।
दुईजना सुन चाँदी व्यवसायी पक्राउ परेपछि सम्पूर्ण सुनचाँदी व्यवसायीहरू आन्दोलित भएका छन् । उनीहरुले आ–आफ्नो पसल बन्द गरी टायर बालेर सडक प्रदर्शन गरिरहेका छन् ।
प्रतिक्रिया