बाँसबारी छाला जुत्ता कारखाना प्रकरणः तत्‍कालीन कार्यकारी निर्देशक सिंह र अरुण चाैधरी पक्राउ

बाँसबारी छाला जुत्ता कारखाना प्रकरणः तत्‍कालीन कार्यकारी निर्देशक सिंह र अरुण चाैधरी पक्राउ

केन्द्रबिन्दु
0
Shares

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बाँसबारी छाला तथा जुत्ता कारखानाका तत्कालीन कार्यकारी निर्देशक अजितनारायण सिंह थापालाई पक्राउ गरेको छ।

थापालाई बिहीबार बिहान ११ बजे काठमाडौंको बत्तिसपुतलीस्थित उनकै निवासबाट पक्राउ गरिएकाे हाे । कारखानाको १० रोपनी जग्गा सीजी रेसिडेन्सी प्रालिको नाममा नामसारी भएको घटनामा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएकाे सीआईबीले जनाएकाे छ ।

यसभन्दा अगाडि अर्बपति तथा नेपाली कांग्रेसका सांसद विनाेद चाैधरीका भाइ अरुण चाैधरी पनि पक्राउ परिसकेका छन्।

एसएसपी दिनेश आचार्यको कमाण्डमा सिआइबीले छाला जुत्ता उद्योगको जग्गााका बारेमा अनुसन्धान गरिरहेकाे छ। चीन सरकारको अनुदान सहयोगमा २०२० सालमा स्थापना भएको बाँसबारी छाला उद्योग १० रोपनी जग्गा च्याम्पियन फुटवेयरलाई बिक्री गरिएको थियो । विनोद चौधरीसहितको कम्पनी, च्याम्पियन फुटवेयरलाई १० रोपनी जग्गा दिएर शेयर लिने निर्णय गर्दा बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडका कार्यकारी प्रमुख थापा थिए। पछिल्लोसमय यसको शेयर सदस्य अरुण पनि थिए ।

Logo