विमानस्थलका सुरक्षा प्रमुख ठकुरीले दिए राजीनामा

विमानस्थलका सुरक्षा प्रमुख ठकुरीले दिए राजीनामा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा कार्यालयका प्रमुखले राजीनामा दिएका छन् ।

विमानस्थलका प्रमुखसमेत रहेका नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीले राजीनामा दिएका हुन् । गत बैशाख १३ गते विमानस्थल प्रहरी प्रमुखको जिम्मेवारी पाएका ठकुरीले १० महिना पुरा गरेर राजीनामा दिएका हुन् । तर, उनले किन राजिनामा दिए ? भन्ने बारेमा कुनै कारण खुलिसकेको छैन ।

पछिल्लो समयमा बढ्दो सुन तस्करी तथा प्रहरी र अध्यागमन कर्मचारीका बीचमा भइरहेका असहमति र विवाद देखापरेको थियो ।

Logo