तपाईंको यो साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

तपाईंको यो साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

केन्द्रबिन्दु
0
Shares

२०८० माघ २१ देखि माघ २७ सम्मको राशिफल ।।

ज्योतिष शास्त्रका अनुसार ब्रह्माण्डमा कुल ९ ग्रह, सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु छन् । त्यसैगरी १२ राशी छन्। वैदिक ज्योतिषमा, जन्मको समयमा चन्द्रमा रहेको राशिलाई व्यक्तिको राशि भनिन्छ।

हामी ग्रह स्थितिअनुसार साप्ताहिक राशिफल मूल्याङ्कन र भविष्यवाणी प्रदान गर्दछौं। साप्ताहिक राशिफलको मद्दतले तपाईंले आगामी साता तपाईको लागि कस्तो रहनेछ, के नयाँ हुन सक्छ, तपाईंको भाग्यले कति साथ दिनेछ भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ ,समयले सबै राशिका लागि मिश्रित प्रभाव ल्याउनेछ। तपाईंको राशि अनुसार थप योजनाहरू बनाउनुस् । हामीले प्रधान गरेको उपायले तपाईंको यो साता राम्रो बित्ने छ। सबैलाई सबै राशिका कुरा नमिल्न सक्छ,यो भविष्यवाणी ग्रह गोचरको आधारमा हुनेछ। यदि तपाईंहरुले हामीले दिएको उपाय गर्नु भयो भने तपाईंहरुको यो साता राम्रो बित्नेछ।

हेर्नुहाेस्, ज्योतिषी आचार्य श्री प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल-

मेष राशि

यो साता मेष राशिका व्यक्तिहरुको कार्यक्षेत्रमा प्रगति हुनेछ । कर्मचारीहरूले पनि आफ्नो काममा आफ्नो लक्ष्य प्राप्त गर्न जारी राख्नेछ । व्यापारमा केही नयाँ सम्झौता हुन सक्छ । पारिवारिक मामला वा केही आर्थिक समस्या हुन सक्छ, तर मंगलबार पछि तपाईंको साता राम्रो हुनेछ । सेयर बजारमा लगानी गरेको पैसाले पक्कै नाफा कमाउनेछ। यदि तपाईं कुनै अनलाइन गेम खेल्नुहुन्छ वा ब्याजमा पैसा लेनदेन गर्नुहुन्छ भने, त्यो तपाईंको लागि पनि लाभदायक हुनेछ । दाम्पत्य जीवनमा वादविवाद हुने सम्भावना छ । व्यापारीहरुका लागि लाभ देखिन्छ ।

उपाय- ॐ हनुमते नमः नियमित १०८ पटक जप गर्नुस् ।

वृष राशि

यो साता वृष राशि हुनेहरुका लागि साताको सुरुवात राम्रो रहनेछ, आफ्नो बुद्धि विवेकले पुराना समस्याहरु सल्टाउनु हुने छ । परिवारका साथ कुनै धार्मिक स्थलको भ्रमण गर्न सकिनेछ । यदि कम्प्युटर क्षेत्रसँग आवद्ध सफ्टवेयर विकासकर्ताहरू आफ्नो जागिरमा परिवर्तनको खोजीमा छन् भने, उनीहरूले यो हप्ता राम्रो छ ।नयाँ जागिर पाउने सम्भावना छ। जागिर गर्नेहरुको लागि सरुवा हुनसक्छ । इन्जिनियरहरुका लागि यो साता निकै राम्रो रहनेछ । यो साता तपाईंको व्यापार राम्रो हुनेछ र तपाईंका कर्मचारीहरूले तपाईंलाई सहयोग गर्नेछन्। साताको सुरुमा घर जग्गामा लगानी गर्नुहुँदैन तर मंगलबारदेखि जग्गामा लगानी गर्न तथा नयाँ जग्गा वा घर खरिद गर्न सकिनेछ ।

उपाय- लक्ष्मी चालिसा नियमित पाठ गर्नुस् ।

मिथुन राशि

यो साता मिथुन राशिका व्यक्तिहरुले आफ्नो नयाँ योजनामा ​​काम सुरु गर्न सक्नेछन् । व्यवसायीहरूलाई नयाँ व्यक्तिहरूसँग कुनै पनि सम्झौता गर्नुअघि राम्ररी सोच्नुपर्ने हुन्छ । रोजगारीका लागि यो साता अलि तनावपूर्ण रहनेछ। सरकारी जागिर गर्नेहरूले उच्च अधिकारीहरूको दबाबको सामना गर्नुपर्नेछ । यो साता केही व्यक्तिको प्रेम सम्बन्ध वैवाहिक सम्बन्धमा परिणत भएर वैवाहिक जीवन सुरु हुनेछ । सेयर बजार वा कमोडीटी बजारमा गरेको लगानीले राम्रो प्रतिफल दिन सक्छ, ग्यास वा तेल क्षेत्रमा लगानी गर्नुभयो भने अवश्य फाइदा हुन्छ । चोटपटक लाग्न सक्ने भएकाले सावधानीपूर्वक सवारी साधन चलाउनुहोस् ।

उपाय- ॐ गण गणपताय नमको नियमित जप गर्नुस् ।

कर्कट राशि

यो साता कर्कट राशि भएका व्यक्तिहरूलाई करियरको दृष्टीमा समय राम्रो छ, पुराना प्रोजेक्टहरु सकिने छन् । अफिसबाट स्याबासी तथा उपहार प्राप्त गर्नु हुनेछ । यो साता कर्कट राशि भएका व्यक्तिहरूले आफ्ना व्यापारीक साझेदारहरूसँग कुनै न कुनै विषयमा समस्याको सामना गर्नु पर्नेछ। आफ्नो साझेदारसँग व्यापार समीक्षा गर्दा तपाईंलाई लाभ र घाटा थाहा हुनेछ । यो साता आमाबुवासँगको मतभेदले परिवारमा तनावको विषय बन्नेछ। आफ्नो कुरालाई स्वीकार गर्न जिद्दी नगर्नुहोस्, तपाईंको निर्णय गलत हुनसक्छ । यो साता घरजग्गामा लगानी गर्न सकिनेछ । सेयर बजारमा लगानी गर्नुभयो भने शिक्षा क्षेत्रमा लगानी गर्नु फाइदाजनक हुनेछ । यो साता ऋण लेनदेनको कारोबार नगर्नुहोला ।

उपाय- प्रत्येक दिन दुर्गा चालिसाको पाठ गर्नुस् ।

सिंह राशि

यो हप्ता पुराना बाँकी रहेका कामहरुले तपाईंलाई तनाब दिने छ । जागिर खानेहरुलाई नयाँ अवसर प्राप्त हुने छ जसले भविस्य बन्ने छ । मिडिया तथा स्पोर्ट्समा काम गर्ने ब्यक्तिहरुको लागि निकै राम्रो छ । यो साता तपाईंको निर्णयले तपाईंको काममा राम्रो सफलता ल्याउनेछ। सरकारी जागिरको तयारीमा लागेका विद्यार्थीहरूका लागि यो साता राम्रो रहनेछ, लगनशील भएर अध्ययन गर्नुहोस्, अवश्य सफलता मिल्नेछ । विदेश अध्ययन गर्न चाहने विद्यार्थीहरूले यो साता पक्कै पनि मौका पाउनेछन्। यो साता पारिवारिक मामिलामा धेरै अल्मलिनुहुँदैन, नत्र तपाईंको प्रगतिमा पनि बाधा आउनेछ । आफ्नो खानपानमा विशेष ध्यान दिनुहोस्, खुल्ला चिज नखानुहोस्, तपाईंलाई फूड पोइजनिङ हुन सक्छ । सवारी साधन बिग्रन सक्छ जसले यात्रामा बाधा पुर्याउने छ ।

उपाय: प्रत्येक दिन ॐ घृणि सुर्याय नमः १०८ पटक जप गर्नुस् ।

कन्या राशि

कन्या राशि हुनेहरुका लागि साताको सुरुवात राम्रो रहनेछ । यो साता तपाईंको फोकस फाइनान्समा हुने छ, नयाँ कन्ट्र्याक्ट नया पार्टनरसिप नयाँ डिल हुने सम्भावना छ । घरजग्गाको काम गर्नेलाई लाभ हुनेछ । बीमा क्षेत्रसँग आवद्ध कर्मचारी वा एजेन्टहरूले नीतिहरू बेचेर नाफा पाउनेछन्। यो साता अत्याधिक बोल्दा पनि तपाईको प्रतिष्ठामा हानि हुनेछ बोलिमा ध्यान दिनुहोला । यो साता मंगलबार र बुधबार कसैलाई पैसा नदिनुहोस् र नलिनुहोस्, अन्यथा विवादमा फस्न सकिन्छ ।

उपायः ॐ गण गणपताय नमको नियमित एक माला जप गर्नुस् ।

तुला राशि

तुला राशिका व्यक्तिहरूका लागि यो साता नया लक्ष्य प्राप्त गर्नु हुनेछ, व्यापार राम्रो हुनेछ । संगीत तथा कला क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूका लागि पनि यो साता निकै राम्रो रहनेछ, ख्याति मिल्नेछ र उन्नति पनि हुनेछ । दाजुभाइसँग मनमुटाव वा सम्पत्ति बाँडफाँडको विषयमा घरपरिवारमा विवाद बढ्नेछ । पारिवारिक मामिलामा कसैको सल्लाह अवश्य लिनुपर्नेछ । बेरोजगारहरुलाई जागिर पाइन्छ अलिकति दौडधुप गर्नुपर्ने हुन्छ । नयाँ प्रेम सम्बन्ध बन्न सक्छ, विवाह गर्नेहरुलाई जोडि मिल्ने छ । परिवारमा सम्पत्तिसम्बन्धी विवाद बढ्ने छ ।

उपाय- ॐ ग्रां ग्रीं ग्रौं सः गुरुवे नमः दैनिक १०८ पटक जप गर्नुस् ।

वृश्चिक राशि

यो साता वृश्चिक राशिका व्यक्तिहरूले आफ्नो करियरमा जुन उप्लब्धिको सपना देखेका छन् त्यो पुरा हुने छ । सबै क्षेत्रमा प्रगति हुने छ । बिजेनसमा उन्नति हुने छ आकस्मिक धन लाभको येाग छ । व्यापारमा सावधान रहनुहोस्, कसैले धोका दिन सक्छ । काममा प्रगति हुने प्रष्ट देखिन्छ । पारिवारिक अवस्था राम्रो रहनेछ, परिवारमा सबैसँग राम्रो कुराकानी हुनेछ र विवाह समारोहमा एकता देखिनेछ । सेयर बजार वा कमोडिटी बजारमा लगानी गर्दा पर्ख र हेरको नीति अवलम्बन गर्ने हो भने आर्थिक नाफा अवश्य प्राप्त हुन्छ ।

उपाय- हनुमान चालिसाको नियमित जप गर्नुहोला ।

धनु राशि

धनु राशि हुनेहरुका लागि यो साता रमाइलो र आनन्ददायी रहनेछ। तपाईंले आफ्नो काम राम्रोसँग गर्नुहुनेछ जसले तपाईंलाई प्रसिद्धि पनि दिलाउनेछ। तपाईले व्यापार गर्ने सोच्न सक्नुहुन्छ तर तपाईंकाे लागि यो सही समय भने होइन। तपाईंले सवारी साधन वा घर किन्न सोच्दै हुनुहुन्छ जुन चाँडै साकार हुनेछ । जागिर खोज्नेहरुको लागि शुभ समाचार आउने छ ।

उपाय- ॐ नमो भगवते बासुदेबाय नमः नियमित जप गर्नुस्।

मकर राशि

यो साता मकर राशिका व्यक्तिहरुको प्रोफेस्नल लाइफमा उतारचढाव आउने छ । यो साता तपाईंहरुको मनोकामना पूरा हुने देखिन्छ । तपाईंले सोचेको कुरा यो साता अवश्य पूरा हुनेछ । तर, तपाईंले पक्कै पनि आफ्नो व्यवहार अलिकति सुधार गर्नुपर्छ । यो साता शेयर कारोवारबाट टाढै रहनु होला अन्यथा आर्थिक नोक्सानी बेहोर्नु पर्नेछ । प्रेम सम्बन्धमा मनमुटाव आउनेछ र कतिपयको विछोड पनि हुनेछ । सवारी साधनको गतिलाई नियन्त्रणमा राख्नुहोला अन्यथा दुर्घटना हुनसक्छ । रक्तदान गर्नुहोला दुर्घटनाको योग हट्ने छ । योग्य युवा युवतीको विवाह हुने योग छ ।

उपाय- हनुमान चालिसा नियमित एक पाठ गर्नुस् । शनिबार गरिबलाई दान गर्नुस् ।

कुम्भ राशि

यो साता कुम्भ राशिका व्यक्तिहरूले आफ्नो महत्त्वपूर्ण कामहरुला विशेष ध्यान दिनु पर्ने छ जसले भविष्य उज्जवल हुनेछ । यो साता तपाईंकाे कार्यस्थलमा सफलता ल्याउनेछ र नयाँ व्यक्तिहरूसँग भेटघाट गर्न मद्दत गर्नेछ जसले व्यापारमा प्रगति गर्नेछ। तपाईलाई भाग्य पक्षबाट ठूलो सहयोग मिल्नेछ जसले धेरै लाभ दिनेछ। बोलीमा नियन्त्रण राख्नुहोला अन्यथा मंगलबार सहकर्मीहरूसँग विवाद हुनसक्छ।परिवारमा सबैको सहयोग मिल्नेछ । बुबाआमाबाट आशीर्वाद प्राप्त हुनेछ र पुरानो ऋण हटाउन आर्थिक सहयोग पनि मिल्नेछ । कपडा र स्टिल क्षेत्रमा लगानी गर्दा आर्थिक नाफा अवश्य मिल्छ ।

उपायः हनुमान चालिसा नियमित जाप गर्नुस् ।

मिन राशि

यो साता मीन राशिका व्यक्तिहरूले कार्यस्थलमा नयाँ योजना र नयाँ रणनीतिमा काम गर्नुपर्नेछ । अफिसमा भएको खराब छवी यो साता सुधार्न सक्नुहुनेछ । तपाईंको पुरानो सम्पत्ति बेचिने छ जसले तपाईंलाई आर्थिक लाभ दिलाउने छ। केही व्यक्तिलाई वैदेशिक रोजगारीमा जाने सम्भावना छ । विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीले यसै साता अध्ययन भिसा पाउन सक्नेछन् । तपाईंको सल्लाह अरुको लागि धेरै उपयोगी हुनेछ । शुक्रबार र शनिबार तपाईंको लागि धेरै राम्रो रहनेछ, यस दिन तपाईंको इज्जत, प्रतिष्ठा र आम्दानीमा प्रगति हुनेछ । सेयर बजार वा कमोडीटी बजारबाट निश्चित लाभ पाउनुहुनेछ ।

उपायः दैनिक बजरंग बाणको पाठ गर्नुस् ।

Logo