श्रीमती र छोराको हत्या अभियाेगमा प्रहरी जवान पक्राउ

श्रीमती र छोराको हत्या अभियाेगमा प्रहरी जवान पक्राउ

केन्द्रबिन्दु
0
Shares

दाङ । दाङमा एक प्रहरी जवानले श्रीमती र साढे २ वर्षको छोराको हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपाली २२ वर्षीया श्रीमती टीका विक र साढे दुई वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेको अभियोगमा पक्राउ परेका हुन् । शनिबार राति कार्यालयबाट बिदा मागेर गएका उनले आइतबार बिहान आपसी विवादमा श्रीमती र छोराको हत्या गरेका हुन् ।

प्रहरी सेवामा १० वर्ष पूरा गरेका रुन्टीगढी गाउँपालिका वडा नं ९ रोल्पा घर भएका नेपालीले रुकुम चौरजहारी विवाह गरेका थिए । उनी लामो समय बाँकेको नेपालगञ्जस्थित प्रहरी तालिम केन्द्रमा कार्यरत थिए । उनी मंसिर १६ गते मात्रै सरुवा भएर दाङ आएका थिए ।

Logo