दोषी ठहर भएका इच्छाराज तामाङलाई ३ वर्ष कैद र १ अर्ब ७२ करोड जरिवाना

दोषी ठहर भएका इच्छाराज तामाङलाई ३ वर्ष कैद र १ अर्ब ७२ करोड जरिवाना

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं । सिभिल सहकारी ठगी प्रकरणमा मुछिएका इच्छाराज तामाङलाई ३ वर्ष कैद र १ अर्ब ७२ करोड जरिवाना ताेकिएकाे छ ।

आइतबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सम्पत्ति शुद्धीकरण अभियोगमा दोषी ठहर गर्दै ३ वर्ष कैद र एक अर्ब ७२ करोड रुपैयाँ बिगो भराउने आदेश गरेको हाे । गत माघ ७ गते कसुर ठहर भई आइतबार सजाय निर्धारण गरिएकाे हाे ।

त्यस्तै, अदालतले इच्छाराजको श्रीमती सिर्जना शाक्यबाट १ अर्ब ३ करोड ५४ लाख ४३ हजार ४८७ रुपैयाँ बिगो भराई १ वर्ष ६ महिना कैद सजाय हुने ठहर गरेकाे छ ।

सम्पत्ति शुद्धीकरण विभागले तामाङसँग ३ अर्ब ३१ करोड ८५ लाख ९२ हजार ९४२ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा हालेको थियो। यस्तै एक कित्ता जग्गासहित विभिन्न ६९ कम्पनीमा रहेको विभिन्न कित्ता शेयर पनि जफत गर्न माग गरेको थियो। साथै उनकी सिर्जना शाक्य तामाङसँग पनि एक अर्ब तीन करोड ५४ लाख ४३ हजार ४८७ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो, जसमा इच्छाराज र उनकी पत्नी सिर्जना दोषी ठहर हुँदा दुई छोरी प्रतीक्षा र प्रतिष्ठाले भने सफाइ पाएका थिए ।

Logo