मुगुको खत्याडमा आगलागीमा परी दुई बालबालिकाको मृत्यु

मुगुको खत्याडमा आगलागीमा परी दुई बालबालिकाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

मुगु । मुगुको खत्याड गाउँपालिकामा एक घरमा आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु भएको छ ।

खत्याड गाउपालिका २ गाडेखोला बस्ने लाले सन्ज्यालको घरमा सोमबार बिहान एक बजेतिर भएको आगलागीमा परी उनका १४ बर्षीय छोरा विशाल र १२ बर्षीया छोरी झरनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

मृतकद्वयलाई आमा सरस्वतीले सँगै लिएर आइतबार राति सुतेकी थिइन । सरस्वती आगोबाट बच्न सफल भएपनि उनी बेहोस छिन,दुई छोराछोरी आगोको लपेटमा परेर ज्यान गुमाएका हुन् । प्रहरीका अनुसार एक हल गोरु र दुईओटा गाई पनि मरेका छन् ।

आगलागीको सूचना पाएपछि जिल्ला प्रहरी मुगु, श्रीकोटबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिने प्रयास गरेपनि सोमबार बिहान मात्रै आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो । कच्ची घरमा काठ थुपारेर राखेकोले आगो नियन्त्रण लिन कठिनाई भएको स्थानीयले बताएका छन् । सरस्वतीका श्रीमान लाले रोजगारीको सिलसिलामा भारतमा छन् ।

Logo