महिना दिनपछि राैतहटकाे गरुडा नगरपालिकाको तालाबन्दी खुल्यो

महिना दिनपछि राैतहटकाे गरुडा नगरपालिकाको तालाबन्दी खुल्यो

केन्द्रबिन्दु
98
Shares

रौतहट। एक महिनाको लामो तलाबन्दी पछि रौतहटको गरुडा नगरपालिकाको तालाबन्दी खुलेको छ। एक महिना भन्दा बढी दिनदेखी गरुडा नगरपालिका कार्यालयमा लगाइएको ताला सोमबार बेलुका ७ बजे खुलेको हो।

नगर उपप्रमुख पुनमदेवी चौधरीसहित ६ जना वडा अध्यक्षहरुले विभिन्न माग राख्दै विगत एक महिनादेखि नगरपालिका कार्यालयमा तालाबन्दी गरी मुलगेटमा धर्ना दिँदै आएका थिए।

नगर प्रमुख कन्थमनि प्रसाद जयसवालले आन्दोलनरत जनप्रतिनिधिहरुको माग सम्बोधन गर्ने लिखित सहमति गरेपछि नगर उपप्रमुख चौधरीसहित आन्दोलनरत वडा अध्यक्षहरुले आज ताल्चा खोलेका हुन्।

जिल्ला प्रशासन कार्यालय गौर रौतहटमा मेयर जयसवालर र आन्दोलनरत पक्षबीच विभिन्न बुँदामा लिखित सहमति भएपछि आन्दोलनरत जनप्रतिनिधिहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिँदै पालिका कार्यालयमा लगाएको ताल्चा खोलेकाे जनाएका छन्।

ताल्चा खुलाउन जिल्ला प्रशासन कार्यालय रौतहटमा यस् अघि दुबै पक्षबीच पटक पटक वार्ता हुँदै आएपनि कुरा न मिलेपछी उक्त वार्ता असफल हुँदै आएको थियो। तर सोमबार पुनः जिल्ला प्रशासन कार्यालयमा दुबै पक्षबीच भएको वार्तामा सहमति जुटेको थियो। वार्त सफल भएपछि गरुडा नगरपालिकाका मेयर, उप मेयर, वडा अध्यक्षहरुबिच लामो समय देखि हुँदै आएको आपसी द्वन्द, मनमुटाव, मतभेद र विवाद अन्त्य भएको छ।

Logo