आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल

आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल

केन्द्रबिन्दु
210
Shares

काठमाडाैँ। आज २०८० माघ २५ गते बिहीबार। ८ फेब्रुअरी २०२४।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज दैनिक कार्यमा प्रगति हुनेछ । साथीभाइसँग समय बित्नेछ। रमणीय र सुखद् यात्राको योग छन्। आत्मबल र हिम्मत पनि बढ्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज मन परेको मानिससँग ढाडिनु पर्दा मनमा छटपटी र अशान्ति छाउनेछ। यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
जोशजाँगर र उमंग बढ्ला । चिताएको कामले तीव्रता लिनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। आर्थिक कारोबारमा सफलता पाइएला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
ठीक समयमा सही निर्णय लिन सकिनेछ। पारिवारिक सहयोग मिल्ला। कला र गलाको प्रभाव बढ्नेछ। प्रेमीको सहयोग प्राप्त हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज नयाँ रोजगारको अवसर मिल्नेछ । प्रयत्न गरे फाइदा लिन सकिनेछ। आफन्त वा बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज आफ्नो अधिकार प्राप्तिको लागी संघर्ष गर्नु पर्नेछ। विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ। आर्थिक कारोबारमा विवाद आउनसक्छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज आँटेको र ताकेको कार्य पुरा होला। कुनै समाचारले मनमा शान्ति छाउनेछ। लाभदायक र सुखद् यात्रा हुने योग पनि छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज पार्टी तथा सेमिनारमा सहभागी भइएला। धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। लाभदायक यात्रा रहनेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय पनि रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज राजनैतिक कार्यमा बाधा आउला । लेनदेनमा दुबिधा उत्पन्न हुनेछ। स्वास्थ्य बिग्रने भय पनि छ, तर साँझमा धन हात पर्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
रमणीय यात्राको योग छ। पार्टी तथा सेमिनारमा सहभागी भइएला। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। बौद्धिकताको विकास हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
वैदेशिक कार्य अघि बढ्नेछ। विशिष्ट व्यक्तिको सहयोग पाइनेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। लाभदायक यात्रा पनि रहला।

Logo