नापी कार्यालयका सर्भेक्षक एक लाख रुपैयाँ घुससहित पक्राउ

नापी कार्यालयका सर्भेक्षक एक लाख रुपैयाँ घुससहित पक्राउ

केन्द्रबिन्दु
140
Shares

काठमाडौं। सेवाग्राहीबाट लिएको एक लाख रुपैयाँ घुससहित नापी कार्यालय कलंकीका सर्भेक्षक र अर्का एक लेखापढी व्यवसायी पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार नापीका सर्भेक्षक लक्ष्मी प्रसाद चौलागाईं र उनीसँग मिलेमतो गर्ने लेखापढी व्यवसायी नेत्रमणि पोखरेललाई पक्राउ गरेको हो।

दुई जना मिलेर जग्गा हालसाबिक एवं कित्ताकाट गरी पूर्जा उपलब्ध गराइदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको उजुरीका अख्तियारको टोलीले कार्यालयबाटै पक्राउ गरेको हो ।

चौलागाईं र पोखरेललाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित नापी कार्यालयबाट नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

Logo