हराएका १७ वटा दुई पाङग्रे सवारी साधन खोजतलास गरी सम्बन्धित धनीलाई हस्तान्तरण

हराएका १७ वटा दुई पाङग्रे सवारी साधन खोजतलास गरी सम्बन्धित धनीलाई हस्तान्तरण

केन्द्रबिन्दु
140
Shares

काठमाडौँ। विभिन्न समयमा हराएका १७ वटा दुई पाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले वुधबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा बुधबार आयोजित एक कार्यक्रमका बिच कार्यालयका प्रहरी उपरीक्षक सन्तोष आचार्यले १४ वटा मोटरसाइकल र ३ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा, केही वास्तविक नम्बर प्लेटमै र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौँ उपत्यकाका जोरपाटी, काँडाघारी, बालाजु, स्वयम्भू, पानीपोखरी, मालीगाउँ, चाल्नाखेल फर्पिङ र रामशाहपथ लगायतका स्थानमा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनको आधारमा खोजी गर्ने क्रममा फेला परेका २ सय २० वटा सवारी साधन चालु आर्थिक वर्षको हालसम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ।

अवैध रुपमा नेपाल भित्रिएका १२ वटा सवारी साधन भन्सार कार्यालयमा बुझाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए।

चालु आर्थिक वर्षको हालसम्म चोरीका १६ वटा दुई पाङ्ग्रे सवारी साधनसहित चोरीमा संलग्न १९ जना व्यक्तिलाई कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ।

Logo