अपाङ्ग महिला संघले भन्याे- ‘अपाङ्गता भएका महिलाका मुद्दा सबैको चासोमा हुनुपर्छ’

अपाङ्ग महिला संघले भन्याे- ‘अपाङ्गता भएका महिलाका मुद्दा सबैको चासोमा हुनुपर्छ’

केन्द्रबिन्दु
84
Shares

काठमाडौं। नेपाल अपाङ्ग महिला संघले अपाङ्गता भएका महिलाहरूको हकहितका लागि सम्पूर्ण पक्षले आवाज उठाउनुपर्ने बताएको छ। संघले शुक्रबार राजधानीमा आयोजना गरेको सिकाइ तथा अनुभव आदानप्रदान कार्यक्रममा अपांगता भएका महिलाहरूको पक्षमा सबैले बोल्न आवश्यक रहेको बताएको हाे।

‘अपाङ्गता भएका व्यतिका मुद्दामा समाज र राज्यले त्यति चासो राख्दैन, झन् अपाङ्गता भएका महिलाहरूको विषयमा त कोही बोल्नै चाँहदैनन् , तर हाम्रा हक अधिकार ,व्यतित्व विका पक्षमा सबैले आवाज उठाउन जरूरी छ।`

साथै संघले अपाङ्गता भएका महिला तथा बालबालिकाहरू विभिन्न घरेलु हिसांका साथै बलात्कारको सिकार बनिरहेको पनि औँल्याएको छ। ‘अपाङ्गता भएका महिला र बालबालिकालाई घरैबाट तिरस्कार गर्नु, घरेलु हिंसा तथा यौन हिंसा बलात्कारको जोखिम हुनु बहुविवाह हुनु वा विवाह गर्न प्रोत्साहन नगर्नु र पैत्रिक सम्पत्तिमाथि अधिकार नहुनु मुख्य समस्या हुन्।’

अपाङ्गता भएका महिलाको राजनीतिक अधिकार सुनिश्चित हुन नसक्नु ३३ प्रतिशत महिलाभित्र अपाङ्गता भएका महिलाको समावेशीकरणको कानूनी व्यवस्था नहुनु जस्ता कुरालाई पनि संघले चुनौतिका रुपमा लिएको छ। त्यसैगरी संघ, प्रदेश र स्थानीय सरकारले अपाङ्गता अधिकार सम्बन्ध अन्तराष्ट्रिय महासन्धीबारे चासो नदेखाउनु र कार्यान्वयनमा ध्यान नदिनु, अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐन २०७४ को प्रभावकारी कार्यान्वयन नहुनु, आपाङ्ग अधिकारको सवालमा सरकारी क्षेत्रका विज्ञहरुको विकास गर्ने, अन्य लषित योजना र कार्यान्वयन नुहुनलाई पनि संघले चुनौति भनेको छ।

संघले आयोजना गरेको सिकाइ तथा अनुभव आदानप्रदान कार्यक्रममा संघका पदाधिकारी महिला, जनप्रतिनिधि , सञ्चारकर्मीको उपस्थित रहेको थियो।

Logo