तपाईंको यो साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

तपाईंको यो साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

केन्द्रबिन्दु
0
Shares

२०८० माघ २८ देखि फागुन ५ सम्मको राशिफल ।

ज्योतिष शास्त्रका अनुसार ब्रह्माण्डमा कुल ९ ग्रह, सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु छन् । त्यसैगरी १२ राशी छन्। वैदिक ज्योतिषमा, जन्मको समयमा चन्द्रमा रहेको राशिलाई व्यक्तिको राशि भनिन्छ।

हामी ग्रह स्थितिअनुसार साप्ताहिक राशिफल मूल्याङ्कन र भविष्यवाणी प्रदान गर्दछौं। साप्ताहिक राशिफलको मद्दतले तपाईंले आगामी साता तपाईको लागि कस्तो रहनेछ, के नयाँ हुन सक्छ, तपाईंको भाग्यले कति साथ दिनेछ भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ ,समयले सबै राशिका लागि मिश्रित प्रभाव ल्याउनेछ।

तपाईंको राशि अनुसार थप योजनाहरू बनाउनुस् । हामीले प्रधान गरेको उपायले तपाईंको यो साता राम्रो बित्ने छ। सबैलाई सबै राशिका कुरा नमिल्न सक्छ,यो भविष्यवाणी ग्रह गोचरको आधारमा हुनेछ। यदि तपाईंहरुले हामीले दिएको उपाय गर्नु भयो भने तपाईंहरुको यो साता राम्रो बित्नेछ।

हेर्नुहाेस्, ज्योतिषी आचार्य श्री प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल-

मेष राशि
मेष राशि हुनेहरुका लागि यो साता शनिको सुभ प्रभाव रहने छ। धन लाभ हुने योग छ। आर्थिक पक्ष मजबुत रहनेछ। आफ्नो काममा एकाग्रता कायम गर्न गाह्रो हुन सक्छ। यदि तपाईं सरकारी क्षेत्रमा काम गर्दै हुनुहुन्छ भने, यो साता तपाईंको लागि महत्त्वपूर्ण र राम्रो रहनेछन्।

किनभने यस समयमा तपाईंले सरकारबाट लाभ र पुरस्कार प्राप्त गर्ने सम्भावना छ, जसका कारण राम्रो स्तरको नाफा प्राप्त गर्नुहुनेछ। स्वास्थ्यमा ध्यान दिनुहोला ।

यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि ॐ हनुमते नम मन्त्रको नियमित १०८ पटक जप गरेर १० जना दृस्टीबिहिनहरुलाई खाना खुवाउँदा राम्रो हुनेछ।

बृष राशि

बृष राशि हुनेहरूका लागि यो साता राम्रो रहनेछ। यो साता कम मिहिनेतमा सफलता मिल्ने र महत्वपूर्ण कार्य सम्पन्न हुने सम्भावना रहेको छ। मंगलबार र बुधबार आर्थिक मामिलामा आशाजनक देखिन्छ। यद्यपि, बिहीबार र शुक्रबार सम्भावित अत्यधिक खर्च, आम्दानीमा कमी र बहुमूल्य वस्तु हराउने जोखिमका कारण सावधानी अपनाउनुहोला।

शनिबारदेखि, परिस्थितिमा सुधार आउने, यात्रा र आर्थिक लाभको लागि अनुकूल अवसरहरू प्रदान हुनेछ। आफुलाइ तनावमुक्त राख्न चाहनुहुन्छ भने मनबाट विगतलाई हटाएर नयाँ सुरुवात गर्ने प्रयास गर्नु राम्रो हुनेछ। यो साता पक्कै पनि राम्रो आर्थिक लाभ हुनेछ। तर नाफासँगै विभिन्न प्रकारका लगानीतर्फ पनि आकर्षित हुन सक्नुहुनेछ।

यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि गायात्री मन्त्रको नियमित जप गर्दा फाइदा हुनेछ।

मिथुन राशि
मिथुन राशि हुनेहरुका लागि यो साता शनि देबको शुभप्रभाबले जिबन आन्नदमय हुने छ। आर्थिक सम्स्याबाट छुटकारा पाइने छ। भाग्यको पुरा साथ मिल्ने छ र नोकरिमा पद वृद्धिको सम्भावना छ।

ब्यपार ब्यबसायबाट मंगलबार र बुधवार राम्रो पैसा आउने योग रहेको छ । घर परिवारलाइ समय दिनुहोला। कानुनी मामिलाहरु पनि तपाईंको पक्षमा हुनेछ्न् ध्यानपूर्वक कार्य गर्नुहोला ।

यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि हनुमान चालिसाको नियमित पाठ गर्दा राम्रो हुनेछ।

कर्कट राशि

कर्कट राशि हुनेहरुका लागि यो साता चुनौति र अवसरको मिश्रण बराबर हुनेछ। तपाईंको मार्गमा बाधाहरू आउन सक्छन्, र आर्थिक चिन्ताले तनाव निम्त्याँउन सक्छ। यद्यपि, मङ्गलबारदेखि बुधबारसम्म राहतको सम्भावना छ,साथीभाइको सहयोगले आंशिक सफलता हात लाग्नेछ। बिहीबार र शुक्रबार कार्यहरू समयमै सम्पन्न र अधिक सफलता प्राप्त हुनेछ।

शनिबारले प्रियजनबाट सहयोग र तपाईंको प्रयासमा सफलता ल्याउनेछ। सामाजिक कार्यमा तपाईंको सहभागिताले समाजका धेरै प्रभावशाली व्यक्तिहरूसँग सम्पर्कमा आउने अवसर मिल्नेछ।

यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि प्रतेकदिन दुर्गा चालिसाको पाठ गर्दा फाइदा हुनेछ।

सिंह राशि
सिंह राशि हुनेहरुका लागि यो साता यो खुशी महसुस गर्ने समय रहेको छ। यो साता तपाईंको आयको बारेमा राम्रो समाचार ल्याउन सक्छ। सुख समृद्धि र सौभाग्यमा वृद्धि हुनेछ। आर्थिक पक्ष मजबुत हुने छ तर खर्च गर्नलाइ ध्यान दिनुहोला।

कार्य सफलताको योग रहेको छ। महत्त्वपूर्ण कामहरुमा समय ब्यतित गर्नुहोला यस्तो अवस्थामा यदि तपाईंले यस अवधिमा लगानी गर्नुहुन्छ वा नयाँ काम सुरु गर्नुभयो भने, तपाईंलाई राम्रो नाफा प्राप्त गर्ने सम्भव छ।

यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि प्रतेकदिन ॐ घृणि सुर्याय नम मान्त्रको १०८ पटक जप गर्दा राम्रो हुनेछ।

कन्या राशि

कन्या राशि हुनेहरुका लागि यो साताको प्रारम्भमा चीजहरू राम्रो हुनेछन्। तपाईंले सफलता प्राप्त गर्नुहुनेछ। साथीहरूसँग समय बिताएर आनन्द लिनुहुनेछ।

तपाईंले काममा विशेष गरी मङ्गलबार र बुधबार अरूको समर्थनमा थप उत्पादक महसुस गर्नुहुनेछ। अलि निराश महसुस गर्न सक्नुहुन्छ, एक्लोपनको अनुभव हुन नदिन परिवार तथा साथिभाइसँग समय बिताउनहोला। शनिबारबाट काममा अवरोधहरू हट्नेछन्, तपाईंले पैसा कमाए पनि धन हराउने योग रहेकाले सावधान रहनुहोला ।

यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि ॐ गण गणपताय नमको नियमित एकमाला जप गर्दा फाइदा हुनेछ।

तुला राशि

तुला राशि हुनेहरूका लागि यो साता आफ्नो परिवार र भाग्यले साहस र समर्थन महसुस गर्नुहुनेछ। मङ्गलबार र बुधबार आर्थिक समस्या उत्पन्न हुनसक्छ सावधान रहनुहोला। केही विवादहरू हुन सक्छन्। सबै कुराको ख्याल राख्नुहोला।

तनाव उच्च हुन सक्छ। स्वास्थ्यमा सुधार आउने छ नियमित ब्याम गर्नुहोला। यो साता राम्रो जीवन जिउने कोशिश गर्नुहोला। तपाईंको मनोकामना यो साता प्रार्थनाबाट पुरा हुनेछ र शुभ भाग्य तपाईंको बाटोमा आउनेछ ।

यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि ॐ क्लिम कृश्नाय नम मन्त्रको दैनिक १०८ पटक जप गर्दा राम्रो हुनेछ।

वृश्चिक राशि

वृश्चिक राशि हुनेहरूका लागि यो साताको सुरुमा आर्थिक कठिनाइको सामना गर्नुपर्नेछ। साताको प्रारम्भमा तपाईंले केही चुनौती र अप्रत्याशित खर्चको सामना गर्नुपर्ने हुन सक्छ। यद्यपि, मङ्गलबार साँझदेखि चीजहरू राम्रो देखिनेछन्, अवरोधहरू हट्ने र पैसाको मामिलामा सुधार आउनेछ।

शुक्रबार र शनिबार विशेष उपलब्धिहरू र रमाइलो यात्राको सम्भावना छ। सेयर बजारमा लगानी गर्नेहरूका लागि यो साता विशेष रहनेछ। बोलिमा नियन्त्रणमा राखेर कम बोल्नुहाला।

यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि हनुमान चालिसाको नियमित जप गरेर मंगलबार हनुमानको मन्दिरमा दियो बाल्दा फाइदा हुनेछ।

धनु राशि

धनु राशि हुनेहरुका लागि यो साता सुख समृद्धिको तथा पद वृद्धिको सम्भावना छ। धन लाभ हुनेछ। साताको प्रारम्भमा धनु राशिका ब्यक्तिले आश्चर्यजनक सफलता प्राप्त गर्नेछन्। यद्यपि, मंगलबार र बुधबारले भविष्यको बारेमा केही उदासी र चिन्ता ल्याउन सक्छ।

बिहीबार र शुक्रबारमा सकारात्मक सोच, आम्दानीमा बृद्धि हुने र कार्यहरू सफलतापूर्वक सम्पन्न हुनेछन्। सन्तानको सहयोग मिल्नेछ। योजनाहरु सफल हुने छन्। नियमित योग अभ्यास गर्नुहोला। कार्यालयमा विगतको मिहिनेत अनुसार यो साता नोकरी गर्नेहरूले राम्रो लाभ प्राप्त गर्नेछन्।

यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि ॐ नमो भगवते बासुदेबाय मन्त्रको नियमित जप गर्दा राम्रो हुनेछ।

मकर राशि

मकर राशि हुनेहरुका लागि यो साता दैनिक क्रियाकलाप गर्दा सावधानी अपनाउनुपर्नेछ। तपाईंको लापरवाहीले तपाईंलाई नचाहेर पनि समस्या ल्याउन सक्छ जसका कारण तपाईंको मानसिक तनाव बढेर समस्याको सामना गर्नुपर्ने हुनसक्छ। कुनै पनि प्रकारको घरजग्गा तथा आर्थिक लेनदेनका लागि यो साता अत्यन्त शुभ रहेको छ। तपाईंले हप्ताको मध्यमा केही ठूलो आर्थिक लाभ देख्न सक्नुहुन्छ। शुक्रबार सामान्य दिन हुनेछ, धेरै काम र केहि समय बर्बाद हुनेछ।

यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि हनुमान चालिसाको नियमित एक पाठ गरेर। स्वस्थानिकथा नियमित सुन्दा फाइदा हुनेछ।

कुम्भ राशि

कुम्भ राशि हुनेहरुका लागि यो साता विगतका समस्याहरू हट्नेछन्। बुधवार र बिहीबार लामो समयदेखि चल्दै आएका समस्या समाधान हुनेछन् । शुक्रबार र शनिबार केही चिन्ता हुन सक्छ, आम्दानी अझै बढ्नेछ, र तपाईंले आफ्ना छोराछोरीबाट सहयोग र आमाबाट खुशी प्राप्त गर्नुहुनेछ । स्वास्थ्यको दृष्टिकोणले यो समय तपाईंको लागि धेरै महत्त्वपूर्ण छ ।

यो साता तपाईंको आर्थिक अवस्था पनि पहिलेको भन्दा धेरै बलियो हुनेछ । यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि हनुमान चालिसाको नियमित जप गर्नुका साथै ॐ नम शिबायको पनि जप गर्दा राम्रो हुनेछ।

मिन राशि

मिन राशि हुनेहरुका लागि यो साता सुरुमा केही चुनौतिहरूको सामना गर्नुपर्ने हुनसक्छ। बुधबारदेखि तपाईंको आम्दानीमा सुधार आउनेछ। शुक्रबार अज्ञात स्रोतबाट सानातिना समस्या आउन सक्छ ध्यान दिनुहोला, तर तपाईंको आम्दानी अझै राम्रो हुनेछ, र काममा सुधार हुनेछ। शनिबार सम्भावित सफलताका साथ आशाजनक देखिन्छ।

यदि तपाईं कुनै समस्याबाट ग्रसित हुनुहुन्थ्यो भने यो साता तपाईंको स्वास्थ्य राम्रो रहनेछ। कुनै कारणले यात्रा गर्नुपर्ने हुन सक्छ, जसका कारण तपाईंले केही थकान र तनाव महसुस गर्नुहुनेछ ।

यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि ॐ गण गणपताय नम मन्त्रको नियमित १०८ पटक जप गर्दा फाइदा हुनेछ ।

Logo