विराटनगरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु, ट्रकमा आगजनी

विराटनगरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु, ट्रकमा आगजनी

केन्द्रबिन्दु
420
Shares

काठमाडौँ । विराटनगरको बरगाछीमा आइतबार बिहान ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। विराटनगर महानगरपालिका-२ र ५ को सिमानामा बिहान ९: ४५ बजेतिर दुर्घटना भएको हो।

उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख १४११ नम्बरको ट्रकले को ३६ प २८८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा स्कुटर चालक सुनसरीको दुहवी नगरपालिका-९ का अन्दाजी २५ वर्षीय नगेनकुमार चौधरीको मृत्यु भएको छ।

गम्भीर घाइते भएका चौधरीको उपचारका लागि कोशी अस्पतालतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनालगत्तै आक्रोसित बनेका स्थानीयले ट्रकमा आगजनी गरेका छन्। आगजनीबाट ट्रकको अगाडिको भाग पूर्ण रूपमा जलेको छ।

दमकलको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएको थियो। आगजनीमा संलग्न भएको आशंकामा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

Logo