राजकुमार रानाको मृत्यु प्रकरणः प्रहरी सहायक हवल्दारसहित दुई जना पक्राउ

राजकुमार रानाको मृत्यु प्रकरणः प्रहरी सहायक हवल्दारसहित दुई जना पक्राउ

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । कञ्चनपुर लालझाडी गाउँपालिका–३ का राजकुमार रानाको मृत्यु प्रकरणमा एक प्रहरी सहायक हवल्दारसहित दुई जना पक्राउ परेका छन् । 

पाँच महिनाअघि कृष्णपुर नगरपालिकाको बालुवाफाँटास्थित जंगलमा रानाको शव फेला परेको थियो । उनको हत्या गरेको आरोपमा प्रहरी सहायक हवल्दारसमेत रहेका कृष्णपुर नगरपालिका–६ का महेश चौधरी र चेतराज भण्डारीलाई प्रहरी पक्राउ गरेको हो ।

आफन्तको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ । 

Logo