जंगली हात्तीकाे आक्रमणमा परी बारामा एक जनाको मृत्यु

जंगली हात्तीकाे आक्रमणमा परी बारामा एक जनाको मृत्यु

केन्द्रबिन्दु
98
Shares

रौतहट। बारा स्थित जंगली हात्तीकाे आक्रमणबाट एक जनाको मृत्यु भएको छ। जंगली हातिको आक्रमण बाट कोल्हबी नगरपालिका वाड न ९ अडेम्बा बिर्ता घर भएका अन्दाजी ५०/५५ वर्षको पारस खा थारुको मृत्यु भएको प्रहरीले जनाएको छ।

आइतबार भैंसीको पाडा किन्न टाङगिया बस्ती गएर साँझ घर फर्किने क्रममा टाङिया बस्ती र सखुअवा टोलकोबीचमा पर्ने जङ्गलमा हातीले आक्रमण गर्दा उनको मृत्यु भएको थियो।

मृतक थारुको शव पोष्टमार्टमको लागी राती नै प्रादेशिक अस्पताल कलैया पठाईएको ईलाका प्रहरी कार्यलय कोल्हबिका प्रहरी निरीक्षक भोलामान सिङ अधिकारीले बताएका छन। पछिल्लो समय बारा र रौतहटको केही स्थानमा जंगली हात्तीले बस्तीमा पटक-पटक उत्पात मच्याउँदै आएको छ।

Logo