मोरङमा आलगागीबाट लाखौँको धनमाल क्षति

मोरङमा आलगागीबाट लाखौँको धनमाल क्षति

केन्द्रबिन्दु
126
Shares

विराटनगर। मोरङका विभिन्न स्थानमा भएका आगलागीका घटनामा ८० लाख रुपैयाँभन्दा बढीको धनमाल जलेर क्षति भएको छ। सुनवर्षी नगरपालिका–१ कालाबन्जारस्थित आशिष थापाको घरमा सोमबार राति आगलागी हुँदा ५० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

बिजुली सर्ट भइ सुरु भएको आगलागीबाट थापाको दुई तले घरसहित सुनचाँदीका गहना, तीन लाख रुपैयाँ नगदै, अन्न, भाँडा, कपडालगायत धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

यसैगरी, मोरङकै कानेपोखरी गाउँपालिका-२ मा अर्जुन विष्टको घरमा राति आगलागी हुँदा ३० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ। आगलागीका कारण विष्टको ४ कोठे पक्की घरसहित धनमाल, नगद र केही चौपाया चलेको प्रहरीले जनाएको छ। विष्टको घरमा पनि बिजुली सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ।

दमकल प्रयोग गरी स्थानीय बासिन्दा र प्रहरी मिलेर आगो निभाइएको थियो। सुख्खायाम र आगलागीका घटना हुने मौसम सुरु भएको भन्दै प्रहरीले सावधानी अपनाउन सर्वसाधारणलाई सूचित गरेको छ।

Logo