पाल्पा जीप दुर्घटनाः आठ जनाको घटनास्थलमै मृत्यु, १८ घाइते

पाल्पा जीप दुर्घटनाः आठ जनाको घटनास्थलमै मृत्यु, १८ घाइते

केन्द्रबिन्दु
112
Shares

रामपुर (पाल्पा) । पाल्पामा जीप दुर्घटना हुँदा आठ जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

जिल्लाको तिनाउँ गाउँपालिका–६ स्थित मस्याममा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए । मृतकको पहिचान हुन सकेको छैन भने घाइते भएका १८ जनालाई लुम्बिनी मेडिकल कलेज पाल्पा पठाइएको छ ।

डुम्रेबाट कुसुमखोलातर्फ गइरहेको जीप आज साँझ दुर्घटना भएको हो ।

Logo