ललितपुर महानगरले थप्यो ५० नगर प्रहरी

ललितपुर महानगरले थप्यो ५० नगर प्रहरी

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । ललितपुर महानगरपालिकाले ५० जना नगर प्रहरीहरू थपेको छ । गत पौष २४ गतेबाट ललितपुर महानगरपालिकाले नगर प्रहरी आधारभूत तालिम सञ्चालन गरी आज बुधबार समापन गरेको हो ।

तालिम समापन कार्यक्रममा महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकाको राम्रो काममा नगर प्रहरीको संलग्नता उच्च स्तरको रहेको बताए । ललितपुरको असल अभ्यासलाई अरु पालिकाहरूले समेत अनुसरण गर्ने गरेको उनको भनाई छ ।

उनले भने, ‘हाम्रो ललितपुर महानगरपालिकाको असल अभ्यास धेरै वटा छन् । धेरै वटा पालिकाहरूले यसलाई अनुसरण गरिएको छन् । त्यो मध्यमा सबै भन्दा सुस्त दुरुस्त र सबैले देखिने नगर पहरी नं १ मा आएको छ । अहिलेसम्म ललितपुर महानगरपालिकाले गरेको कामहरूमा नगर प्रहरीहरूको उच्च स्तरको छ, राम्रो छ ।’

मेयर महर्जनले ५० जना नगर प्रहरीहरू थपेर नगर प्रहरी बल अझ सशक्त हुने विश्वास व्यक्त गरे । उनले भने, ‘आज हामीले नगर प्रहरीहरू ५० जना थपेर हाम्रो नगर प्रहरी बल अझ सशक्त हुन गएको हामीले पायौँ । यो पनि ललितपुर महानगर बासिहरूको निमित्त उपहार हुनेछ भन्ने कुरामा दुईमत नरहला ।’

Logo