क्यानडाको दुर्घटनामा मृत्यु भएका र घाइतेको पहिचान खुल्यो

क्यानडाको दुर्घटनामा मृत्यु भएका र घाइतेको पहिचान खुल्यो

केन्द्रबिन्दु
462
Shares

विराटनगर । क्यानडाको अन्टारियो प्रान्तस्थित लण्डन सहरमा मंगलबार भएको कार दुर्घटनामा मृत्यु भएका दुई नेपाली विद्यार्थीको पहिचान खुलेको छ । दुर्घटनामा घाइते भएकाहरुको पहिचान पनि खुलेको छ ।

दुर्घटनामा परेर मृत्यु हुनेमा सिन्धुपाल्चोकका सुशील भट्टराई र गुल्मीकी पासाङ डोमा शेर्पा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए), क्यानडाको लण्डन क्षेत्रका संयोजक कुबेर बुर्लाकोटीले जानकारी दिए ।

ज्यान गुमाउनेहरु अध्ययनका लागि क्यानडा गएका थिए । उनीहरु स्थानीय एक कम्पनीमा आंशिक समय काम गर्दै आएका थिए । स्टाडफोर्ड, अन्टारियोको एक मोटर पार्टस् निर्माण गर्ने कम्पनीमा काम बिहानको सिफ्टमा काम गर्न जाँदै गरेका उनीहरू दुर्घटनामा परेका थिए ।

दुर्घटनामा कार चालक मधु थापा, हिरामणि गौतम, जुना लामा, अर्का कारका चालक सुजन थापा, सोभित पचाभाइ, निलम घले र देबकी जोशी घाइते भएको बुर्लाकोटीले जानकारी दिए ।

उनीहरुको स्थानीय अस्पतालमा उपचार गरिएको छ ।

अन्टारियो प्रान्तको दक्षिणपश्चिमी शहर लण्डनमा तीनवटा कार आपसमा ठोक्किएर दुर्घटना भएको थियो । त्यसक्रममा विपरीत दिशाबाट आएको कारसँग पहिलो कार जुधेको र त्यो कारलाई पछ्याउँदै गइहेको अर्काे कार पहिलो कारसँग ठोक्किन पुगेको त्यहाँका नेपालीले जानकारी दिएका छन् ।

मृतकको शव नेपाल पठाउनेबारे छलफल भइरहेको जनाइएको छ ।

Logo