हङकङमा कार्यरत युवाले किनिदिए गाउँमा एम्बुलेन्स

हङकङमा कार्यरत युवाले किनिदिए गाउँमा एम्बुलेन्स

केन्द्रबिन्दु
238
Shares

मोरङ। रोजगारीका लागि हङकङ पुगेका मोरङको उर्लाबारीका युवाहरूले गाउँमा एम्बुलेन्सको समेत समस्या रहेको भन्दै एम्बुलेन्स खरिद गरी हस्तान्तरण गरेका छन्। एम्बुलेन्सले गाउँका विपन्न परिवारका लागि निःशुल्क सेवा दिइरहेको छ।

रोजगारीका लागि हङकङ पुगेका उर्लाबारीका ९४ जना युवाले एम्बुलेन्स खरिदका लागि उर्लाबारी नगरपालिका हङकङ परिवारका नाममा २५ लाख ५० रुपैयाँ उपलब्ध गराएपछि वडा नं ९ का विपन्न परिवारका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको छ।

उक्त एम्बुलेन्स उर्लाबारी नगरपालिका–९ मा रहेको दुर्गापुरी उपस्वास्थ्य चौकी मातहतमा सञ्चालन गरिएको छ। वडा अध्यक्ष नरवहादुर मोक्तानका अनुसार कार्यविधि बनाएर वडाका विपन्न परिवारलाई परिचयपत्र तिरण गरेर निःशुल्क र अन्य सर्वसाधारणलाई २० प्रतिशत छुटमा एम्बुलेन्स सेवा उपलब्ध गर्ने तयारी गरिएको छ।

उनका अनुसार विपन्न परिवारलाई निःशुल्क एम्बुलेन्स सेवा दिँदा नगरपालिकाले इन्धनको प्रबन्ध गर्ने छ। एम्बुलेन्स खरिदकालागि हङकङमा रहेका याम सेम्बु एक्लैले ५ लाख ३० हजार उपलब्ध गराएका र उनी सहित साङगेहाङ तुम्बाहाम्फेको सक्रियतामा उक्त रकम संकलन भएको जनाइएको छ।

Logo