बच्चाले लाइटर खेलाउँदा…

बच्चाले लाइटर खेलाउँदा…

केन्द्रबिन्दु
70
Shares

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा बच्चाले लाइटर खेलाउँदा एउटा घर जलेको छ । प्रहरीका अनुसार सिदिङ्वा गाउँपालिका–४ साब्लाखुमा बच्चाले लाइटर खेलाउँदा स्थानीय कुमार पन्दाक लिम्बूको घर जलेको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी कमलकुमार लुङ्गेलीका अनुसार आज दिउँसो लिम्बूका घरमा आगलागी भएको हो । बच्चाले लाइटर बालेर खेल्दा फुसको घरमा आगो लागेको हो । घरसँगै रहेको गाईगोठ पनि नष्ट भएको छ ।

घरभित्रको खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन सबै सामान नष्ट हुँदा रु ५५ हजारभन्दा बढीको क्षति भएको पनि उनले जानकारी दिए ।

Logo