आज उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना

आज उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना

केन्द्रबिन्दु
168
Shares

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावको रहेको छ।

आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आइतबार देशको पहाडी भू-भागमा आंशिक देखि मुख्यतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा र बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Logo