तपाईंको यो साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

तपाईंको यो साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

केन्द्रबिन्दु
70
Shares

२०८० फागुन ६ देखि फागुन १२ सम्मको राशिफल ।।

ज्योतिष शास्त्रका अनुसार ब्रह्माण्डमा कुल ९ ग्रह, सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु छन् । त्यसैगरी १२ राशी छन्। वैदिक ज्योतिषमा, जन्मको समयमा चन्द्रमा रहेको राशिलाई व्यक्तिको राशि भनिन्छ। हामी ग्रह स्थितिअनुसार साप्ताहिक राशिफल मूल्याङ्कन र भविष्यवाणी प्रदान गर्दछौं। साप्ताहिक राशिफलको मद्दतले तपाईंले आगामी साता तपाईको लागि कस्तो रहनेछ, के नयाँ हुन सक्छ, तपाईंको भाग्यले कति साथ दिनेछ भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ ,समयले सबै राशिका लागि मिश्रित प्रभाव ल्याउनेछ।

तपाईंको राशि अनुसार थप योजनाहरू बनाउनुस् । हामीले प्रधान गरेको उपायले तपाईंको यो साता राम्रो बित्ने छ। सबैलाई सबै राशिका कुरा नमिल्न सक्छ,यो भविष्यवाणी ग्रह गोचरको आधारमा हुनेछ। यदि तपाईंहरुले हामीले दिएको उपाय गर्नु भयो भने तपाईंहरुको यो साता राम्रो बित्नेछ। हेर्नुहाेस्, ज्योतिषी आचार्य श्री प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल-

मेष राशि

यो साता मेष राशि हुने व्यक्तिहरुका लागि कार्यस्थलमा केही बाधाहरु अवश्य आउनेछन् तर परिवर्तन भने देखिने छैन । घरजग्गा कारोबार गर्नेहरूका लागि यो साता निकै राम्रो रहनेछ, आफ्नो जग्गा बेचबिखन हुनेछ जसले गर्दा आर्थिक लाभ हुनेछ । व्यापार क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले आफ्नो काममा प्रगति गर्नेछन्।आर्थिक स्थितिमा सुधार आउने र धन सम्पतिमा वृद्धि हुनेछ । सेयर बजार र वस्तु बजारमा लगानी गर्नेले बुधबार र बिहीबार होसियार रहनु पर्नेछ भने बाँकी दिनमा आर्थिक वृद्धि हुनेछ । मानसिक तनाव नलिनुहोस् र आफ्नो क्रोधलाई नियन्त्रण गर्नुहोस्।

मेष राशि हुने व्यक्तिहरुका लागि याे साता आएका समस्या समाधानका लागि ॐ हनुमते नम नियमित १०८ पटक जप गर्नुस् । बाधाहरु हट्नेछन् ।

वृष राशि

वृष राशिका लागि यो साता कार्य क्षेत्रमा बल मिल्नेछ । स्थानान्तरण गर्ने सोच भएका व्यक्तिहरूले नयाँ अवसरहरूको फाइदा उठाउनेछन्। यो साता केही आर्थिक योजनामा ​​लगानी गर्ने योजना छ, जुन सफल हुनेछ । आफ्नो वित्तीय अवस्थालाई अझ बलियो बनाउन वा आफ्नो व्यवसाय विस्तार गर्न आर्थिक निति बनाउनु होला। स्वास्थ्यमा विशेष ख्याल गर्नुहोला, तौल बढ्दै गएको छ, व्यायाम र योग गर्नुपर्छ । कृषि, मेसिन, तेल, किराना व्यवसायीबाट लाभ हुनेछ र रोजगारी बढ्नेछ।

समस्या समाधानका लागि गायत्री मन्त्र नियमित जप गर्नु उपयुत्त हुन्छ ।

मिथुन राशि

यो साता मिथुन राशि हुनेहरुका लागि कार्यक्षेत्रमा नयाँ प्रविधि अपनाउने समय रहेको छ । यो साता तपाईंले नयाँ व्यक्तिहरूसँग भेटघाट गर्नुहुनेछ जसले तपाईंको व्यापार वृद्धिमा मद्दत गर्नेछ। कुनै कामको लागि विदेश जाने सम्भावना छ। छोराछोरीको संगत र पढाइमा ध्यान दिनुपर्छ । मंगलबार र बुधबार तपाईं सजिलै आर्थिक समृद्धि कायम गर्नुहुनेछ । धनसम्पत्तिमा वृद्धि हुनेछ । बिहीबार र शुक्रबार सावधानी अपनाउनुपर्नेछ, खर्च बढ्न सक्छ र मनमा उदासी पनि रहनेछ। शनिबारबाट परिस्थितिमा सुधार आउनेछ, समय अनुकूल रहनेछ, यात्राको अवसर मिल्नेछ, आर्थिक लाभ पनि हुनेछ।

समस्या समाधानका लागि हनुमान चालिसा नियमित पाठ गर्नुस् ।

कर्कट राशि

यो साता कर्कट राशि भएका व्यक्तिहरूले आफ्नो कार्यक्षेत्रमा सहकर्मीहरूसँग सद्भाव कायम राख्नुपर्छ र अनावश्यक झगडा नगर्नु होला। शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले निश्चित रूपमा आर्थिक लाभ प्राप्त गर्नेछन् र उनीहरूको व्यापार बढ्नेछ। यो साता व्यापारमा कुनै नयाँ साझेदारी नगर्नुहोस्। प्रेम सम्बन्धमा मधुरता कायम रहनेछ। कतिपयको प्रेम सम्बन्ध वैवाहिक सम्बन्धमा परिणत हुनेछ ।

समस्या समाधानका लागि प्रत्येक दिन दुर्गा चालिसाको पाठ गर्नुस् ।

सिंह राशि

यो साता सिंह राशिका व्यक्तिहरूले कार्यस्थलमा ठूलो जिम्मेवारीका साथ काम गर्नुपर्नेछ, तब मात्र उनीहरूले आफ्नो लक्ष्य प्राप्त गर्नेछन्। ग्राहकको चाप बढ्ने भएकाले यो साता वित्तीय क्षेत्रसँग आवद्ध व्यक्तिहरुको व्यस्तता रहनेछ । तर, व्यापारमा संलग्न व्यक्तिहरूले विशेष सावधानी अपनाउनुपर्नेछ किनभने उनीहरूले ठगीको सामना गर्न सक्छन्। यात्रा गर्दा आफ्ना सबै महत्त्वपूर्ण कागजातहरू साथमा राख्नुहाेला। स्वास्थ्यप्रति तपाईंको सतर्कताले तपाईंलाई गम्भीर रोगहरूबाट बचाउनेछ।

समस्या समाधानका लागि प्रत्येक दिन ॐ घृणि सुर्याय नम : १०८ पटक जप गर्नुस् ।

कन्या राशि

कन्या राशि हुनेहरुका लागि यो साता सुरुमा राम्रो नहोला तर मंगलबार पछि कार्यक्षेत्रमा राम्रो सफलता मिल्नेछ । बिक्री र मार्केटिङमा काम गर्नेहरूले समयमै आफ्नो लक्ष्य प्राप्त गर्नेछन्। यो साता व्यापारिक दृष्टिकोणले राम्रो रहनेछ किनभने आर्थिक वृद्धिसँगै व्यापारमा पनि विस्तार हुनेछ । पारिवारिक झगडामा नपर्नु राम्रो नत्र कलह बढ्नेछ । यो साता सन्तानको स्वास्थ्य बिग्रन सक्छ जसका कारण मानसिक पीडा हुनेछ । शेयर बजारमा लगानी गर्दा राम्रो प्रतिफल मिल्नेछ । तपाईंले कुनै पनि सरकारी सम्झौताबाट पनि लाभ उठाउनुहुनेछ।

समस्या समाधानका लागि ॐ गण गणपताय नमको नियमित एकमाला जप गर्नुस् ।

तुला राशि

यो साता तुला राशिका व्यक्तिहरूले आफ्नो कार्यक्षेत्रमा सन्तुलन कायम राख्नुपर्छ । संगीत क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले आफ्नो संगीतबाट ख्याति कमाउनेछन्। नयाँ सवारी साधन खरिद गर्ने योग छ । यो साता नयाँ घर किन्ने सम्झौता पनि हुनसक्छ । आर्थिक स्थितिमा सुधार आउनेछ । व्यापार गर्नेहरूले राम्रो नाफा कमाउनेछन्। शत्रुहरूबाट हानि नपुगोस् भनेर तपाईं सतर्क हुन आवश्यक छ।

समस्या समाधानका लागि ॐ क्लिम कृश्नाय नम दैनिक १०८ पटक जप गर्नुस् ।

वृश्चिक राशि

यो साता वृश्चिक राशिका व्यक्तिहरु आफ्नो काममा निकै व्यस्त रहनेछन् र धेरै कठिनाईमा सफलता पनि मिल्नेछ । तपाईंको कुनै परियोजना रोकिन सक्छ जसले तपाईलाई मानसिक तनाव दिनेछ। व्यापारिक क्षेत्रमा पनि अपेक्षित सफलता नमिल्दा चिन्तित रहनेछ । यो साता आर्थिक स्थितिमा उतारचढाव आउनेछ। मंगलबार र बुधबार पैसाको लेनदेन वा लगानी नगर्नुहोस्, अन्यथा आर्थिक हानि निश्चित हुनेछ। स्वास्थयमा ध्यान दिनु होला ।।

समस्या समाधानका लागि हनुमान चालिसाको नियमित जप गर्नुहोला । मंगलबार हनुमानजीको मन्दिरमा दियो बाल्नुस् ।

धनु राशि

यो साता धनु राशि हुने व्यक्तिहरूले आफ्नो काममा बढी सजग रहनु पर्नेछ र आफ्नो लक्ष्य प्राप्त गर्न समय व्यवस्थापनमा ध्यान दिनुहोला। तपाईंले आफ्नो व्यवसाय विस्तार गर्न नयाँ ठाउँ छनौट गर्नुहुनेछ। आर्थिक लगानी गर्ने योजनामा हुनुहुन्छ भने बिहीबार पछि मात्र सफल हुनेछ । तपाईंलाई व्यावसायिक वा सामाजिक क्षेत्रमा महत्त्वपूर्ण जिम्मेवारीहरू तोकिएको हुन सक्छ, र मानिसहरूले तपाईंको सीप र कार्य शैलीको कदर गर्नेछन्। प्रेमको लागि यो सप्ताहन्त उत्कृष्ट समय हो । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोस् तथा आफ्नो क्रोध नियन्त्रण गर्नुहोस्।

समस्या समाधानका लागि ॐ नमो भगवते बासुदेबाय नियमित जप गर्नुस् ।

मकर राशि

मकर राशिका व्यक्तिहरूले यो साता आफ्नो ऊर्जा सही दिशामा प्रयोग गर्नेछन् र काममा सफलता मिल्नेछ। परिवारमा आपसी सद्भाव कायम राख्ने जिम्मेवारी तपाईंको हुनेछ। आर्थिक अवस्था सुधारोन्मुख छ तर ऋण लिएर कुनै काम नगर्न सुझाब छ । सवारीसाधन चलाउँदा ध्यान दिनु होला दुर्घटना हुने योग छ ।साताको समयमा शत्रु, रोग र आलस्यबाट सतर्क रहनु आवश्यक छ। तनाव वा पुरानो रोगको पुनरावृत्तिको कारण स्वास्थ्यमा समस्या आउन सक्छ। दुर्घटनाको सम्भावना रहेकोले सावधानीपूर्वक सवारी साधन चलाउनु होला । कार्यालयमा पर्याप्त कामको बोझले समयमै कार्यहरू पूरा गर्न थप प्रयासहरू आवश्यक पर्दछ। काममा आफ्नो योजनाको बारेमा घमण्ड नगर्ने बारे सचेत हुनुहोस्, किनकि यसले विरोधीहरूबाट विरोध उत्पन्न गर्न सक्छ।

समस्या समाधानका लागि हनुमान चालिसा नियमित एक पाठ गर्नुस् । स्वस्थानी कथा नियमित सुन्नुहोला ।

कुम्भ राशि

यो साता कुम्भ राशिका व्यक्तिहरूले आफ्नो कम्पनीको विस्तारको लागि नयाँ प्रतिभावान व्यक्तिलाई नियुक्त गर्नेछन्। कम्प्युटर क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले आफ्नो परियोजनाहरू पूरा गर्न कडा मेहनत गर्नेछन्। व्यावसायिक प्रगतिका लागि विदेश यात्रा पनि हुनेछ । साताको प्रारम्भमा परिवारमा केही समस्यालाई लिएर तनाव रहनेछ ।आर्थिक स्थितिमा केही उतारचढाव आउनेछ, सवारीसाधन बिग्रिएकाले मर्मत गर्न थप धन खर्च हुनेछ । यो साता जोखिमपूर्ण लगानीबाट टाढै रहनुपर्नेछ।

समस्या समाधानका लागि हनुमान चालिसा नियमित पाठ गर्नुस् ।

मिन राशि

मीन राशि हुनेहरुका लागि यो साताको सुरुवात राम्रो रहनेछ । काममा सफलताको लागि विज्ञको सल्लाह लिनेछ । यदि तपाईं नयाँ काम खोज्दै हुनुहुन्छ भने, तपाईंको स्थान परिवर्तन हुनेछ र तपाईंले अर्को शहरमा काम पाउनुहुनेछ । व्यापार व्यवसायमा प्रगतिका लागि नयाँ प्रविधि र प्रचारप्रसारको माध्यम लिनेछ । आर्थिक सुधारका लागि नयाँ योजनामा ​​काम गर्नुहुनेछ । तपाईंको लगानीले राम्रो प्रतिफल दिनेछ । तर शुक्रबार र शनिबार सावधानी अपनाउनुपर्नेछ। अरुको कुरा नसुन्नुहोस् अन्यथा प्रेम सम्बन्धमा चिसोपन आउनेछ ।

समस्या समाधानका लागि ॐ गम गणपताय नम नियमित १०८ पटक जाप गर्नुस् ।

Logo