रौतहटको इशनाथ नगरपालिकामा कर्फ्यु

रौतहटको इशनाथ नगरपालिकामा कर्फ्यु

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । रौतहटको इशनाथ नगरपालिकामा स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । इशनाथ नगरपालिका–७ मा सरस्वती पूजाको मूर्ति बिसर्जनका क्रममा शनिबार दिउँसो दुई पक्षबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएको हो।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले शनिबार साँझ ५ बजेदेखि अनिश्चितकालीन कफर्यु आदेश जारी गरेका छन्।
इशनाथ नगरपालिकाको सीमा क्षेत्र पूर्वमा जोकहा खोला, पश्चिममा सानो जोकहा गाउँ, उत्तरमा रामपुरखापस्थित एपीएफको बोर्डर आउटपोस्ट र दक्षिणमा जयनगर प्रहरी चौकी रहेको क्षेत्रमा कर्फ्यु लगाइएको जिल्ला प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ।

कर्फ्यु लगाइएको क्षेत्रमा भेला हुन, हिँड्डुल गर्न, जुलुस तथा र्याली निकाल्न बन्देज गरिएको आदेशमा उल्लेख छ।
झडप भएको क्षेत्रमा सुरक्षाकर्मी परिचालित गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रौतहटको उक्त क्षेत्रमा विगतमा पनि यस्ता घटना हुँदै आएका छन्।

Logo